बाह्र बर्षे बालक बलात्कार अभियोगमा सुधारगृहमा

बाह्र बर्षे बालक बलात्कार अभियोगमा सुधारगृहमा

Parbat Adalat

पर्वत । मुलुकभर बलात्कार र हत्याका घटना भैरहेका बेला ६ बर्षे बालिकालाई बलात्कार गरेको अभियोगमा एउटा १२ बर्षे बालक पुर्पक्षका लागि बाल सुधार गृह चलान भएका छन ।

बालिका बलात्कार गरेको अभियोगमा १२ बर्षे बालक पर्वत जिल्ला अदालतको मंगलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएको हो । जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको आदेशले बालकलाई बालसुधार गृह सराङ्गकोट, कास्की पठाइएको छ ।

पर्वतको जलजला गाउँपालिका ३ का ती बालकले असोज २ गते छिमेकमा डेरागरी बस्ने ६ बर्षे बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ ।

प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षणमा निगरानीमा रहने गरी घर पठाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ