लामो समयको प्रतिक्षापछि पोखराको फुटबल स्टेडियम निर्माण गर्न ग्लोवल टेन्डर आह्वान गरिएको छ । मंगलबार दैनिक एक अंग्रेजी पत्रिकामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रकाशित टेन्डरमा १० महिनामा काम सकिने गरि ग्लोवल टेन्डर आह्वान गरिएको हो ।
प्रकाशित टेन्डरमा परिषदले १३ औं साग लाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न टेन्डर आह्वानमा स्पष्ट खुलाइएको छ । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्ष लगाएत रहनु पर्ने भनिएको छ । फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनु पर्ने बताइएको छ ।
यता ट्रयाक एण्ड फिल्ड तर्फ अन्तराष्ट्रिय मापदण्डको सेन्थेटिकको ८ लनेको ट्रयाक सहित १०० मिटर र ४ सय मिटरको हर्डल दौडका लागि व्यवस्थित ट्रयाक निर्माण गर्नु पर्ने उल्लेख छ । स्टेडियम भने २० हजार दर्शक क्षमताको हुनु पर्ने जनाइएको छ । स्टेडियमलाई आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत हुनु पर्ने जनाइएको छ । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिन समेत जडान गरिने छ । विडिङ्गका लागि मात्रै सुरुमा कम्पनीले २० हजार खर्च गरि टेन्डर पुस्तिका किन्नु पर्ने छ । २०७४ मंसिर २ गते सम्म टेन्डर खरिदका लागि अन्तिम समय दिइएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलका अनुसार निर्माण हुन लागेको उक्त स्टेडियम करिब १ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सन २०१९ को मार्चमा नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकुदका लागि यो स्टेडियम तयार भयो भने पोखरामा अन्य खेलकुदहरु समेत थपिने उनले बताए । नेपाली खेलकुदको नेतृत्व सम्हालिरहेका नेपालका दुइ संस्थाहरु युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका बिचमा बढेको चिसोपनले कतै टेन्डर नै नहुने आशंका धेरैमा थियो ।
समितीका अध्यक्ष पौडेल धेरै आशंका बिच पनि ग्लोवल टेन्डर आह्वान गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न कोसे ढुङ्गा सावित हुने बताए । ‘दुवै संस्थालाई एकै ठाउँमा राखेर यो काम गर्न सफल भँए यो हामी पोखरेलीहरुको गौरवको विषय हो’ उनले भने ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो