१६ वर्ष पछि मुस्ताङ फर्किए डिएसपी ‘खड्का‘

१६ वर्ष पछि मुस्ताङ फर्किए डिएसपी ‘खड्का‘

dsp

सुन्दर कुमार थकाली, मुस्ताङ । १६ वर्षअघि प्रहरी नीरिक्षक भएर मुस्ताङमा सेवा गरेका महेन्द्र खड्का अन्नत प्रहरी नायव उपरिक्षक भएर पुनःजिल्ला प्रहरी कार्यालय मुस्ताङमा हाजिर भएका छन् ।

आफ्नो प्रहरी सेवाको ३० वर्षिय कार्यकाल रहदा खनाल क्षेत्रिय अख्तियार नियन्त्रण दुरुपयोग अनुसन्धान कार्यालयबाट मुस्ताङ आएका हुन् ।उनले जिल्लाको विभिन्न सरोकारवालाहरुले स्वागत गरेका छन् ।

बाग्लुङ नगरपालिका ९ तित्याङ घर भई प्रहरी सेवामा समर्पित खनाल यसअघिका डिएसपी रामहरी पाण्डेको सरुवापछि विहिवार डिएसपीको रुपमा दोश्रो पटक मुस्ताङ हाजिर भएका हुन् ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा शनिवार भएको नागरिक परिचयात्मक तथा जिल्लाको शान्तिसुरक्षाको बिद्यमान अवस्था, नागरिक र प्रहरी भुमिकाबारे अन्तरक्रिया भएको छ ।

जिल्लाका विभिन्न राजनितिक पार्टी प्रतिनिधि,स्थानीय जनप्रतिनिधि,नागरिक समाज ,पत्रकार र सरोकारवालाबीच भएको छलफलमा उठेका प्रश्नको उत्तर दिदै डिएसपी खनालले शुसासन कायम र बिकृति बिसङ्तीलाई हटाउन कुनै कसुर बाँकी नराख्ने उद्घोष व्यक्त गरे ।

उनले धेरै वर्ष पहिले यस स्थानमा बसेर प्रहरी सेवा गरेको उल्लेख गर्दे खनाल यहाँ बसेर कार्य गर्न आफुलाई कुनै कठिनाई नहुने दावी गरे ।‘विगतको तुलनामा मुस्ताङ अहिले थुप्रै परिवर्तन पाएको उल्लेख गर्दे उनले यहाँको बिकासको गति संगै बिकृति मौलाउने खतरा पनि उक्तिकै बढेकाले यसका लागि योजना बनाएर अघि बढ्ने जनाए । ‘यहाँ यातायातको शहजता भएकाले यहाँ धेरै पर्यटक आउछन् ,यसमा अवैध घुसपैठको संम्भावना पनि रहन्छ,‘ उनले भने, ’यसका लागि घाँसा लगायतका चेकपोष्टमा कडा सुरक्षा निगरानी राखिने छ,ताकि लागु औषध लगायत अपराधिक गतिविधिले प्रश्रय नपाओस् ।‘

उनले सरोकारवालाले राखेको प्रश्नको जवाफ दिदै विगतमा अनसन्धानबाट बाहिर आउन नसकेका अपराधिक मुद्धाहरुलाई पुनरावलोकन गरेर दोषि अपराधिक व्यक्तिको पहिचान गर्न प्रयास थाल्ने जनाउदै खनालले अब प्रत्येक होटलहरुमा अनिवार्य पर्यटकको अभिलेख राख्न उर्दि गरिने जनाए । उनले शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले मात्र केह ीगर्न नसक्ने उल्लेख गर्दे यसका लागि नागरिक,राजनितिक पार्टी,जनप्रतिनिधि र पत्रकारबीचको समन्वय र शहकार्या आवश्यक भएको औल्याए ।उनले समाजमा भएका बिकृति बिसङ्गती न्युनीकरण गर्नका लागि प्रहरीको मात्र मुख ताक्न नहुने र यसका लागि प्रहरी जनचेतना र समाजको भुमिका गौण हुने उल्लेख गरे ।

त्यस्तै घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले स्थानीयतह अन्तर्गत आफु न्यायिक समितिको संयोजक भएकाले प्रहरी संग समन्वय आवश्यक भएको जनाईन् ।उनले समाजमा थुप्रै प्रकृतिका अपराधिक र सामाजिक घटना घट्न सक्ने उल्लेख गर्दे कस्ता मुद्धालाई न्यायिक समितिले जिम्मा लिने भन्नेबारे कानुनी अडुचन रहेको बताईन् ।कार्यक्रम पत्रकार भीम रसाईली,उपाध्यक्ष शर्मिला गुरुङ,भक्तिलाल हिराचन,बिशाल बिक र रमेश भट्टचनले जिल्लाको बिद्यमान शान्तिसुरक्षाको अवस्थाबारे जानकारी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds