कमला राना, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेमा दिन प्रतिदिन पर्यटकको आकर्षण बढ्दो रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी अमलटारीमा थारु समुदायद्धारा सञ्चालनमा आएको होमस्टे पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
कावासोती नगरपालिकाको वडा नम्बर १५ स्थित अमलटारी होम स्टेमा पुग्ने पर्यटकहरु कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउने गरेका छन् । दैनिक रुपमा घरायसी कार्य सकेर यहाँका महिलाहरुको सक्रियतामा नै होम स्टे सञ्चालन भएको हो । अग्यौलीका थारू, बोटे र मुसहर समुदायले गुद्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षण गरेर सोही वनलाई पर्यटन क्षेत्रको बनाइ होमस्टे शुरू गरेका हुन् ।
केहि समय अघिसम्म उजाड रहेको सो सामुदायिक बनलाई अहिले अग्यौलीवासीले संरक्षण गरेर हराभरा बनाएका छन् ।
होम स्टे राखेको कारणबाट नै वन्यजन्तुको बासस्थान समेत सुरक्षित बन्दै गएको छ । गैंडा, बाघ, भालु, जरायो जस्ता वन्यजन्तुहरु समेत होम स्टे मा पुग्ने पर्यटकहरुले अवलोकन गर्न पाएका छन् ।
नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस होम स्टेलाई नेपालकै उत्कृष्ठ होमस्टेको रुपमा समेत पुरस्कृत गरेको छ । अमलटारीलाई गत वर्ष सरकारले गाउँ गन्तव्य २०७२ समेत घोषित गरेपछि राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरु समेत होम स्टेमा नै हुने गरेको छ ।
गत वर्ष ४८ हजार पर्यटकहरुले अवलोकन गरेको यस होम स्टेमा यस वर्ष ५१ ह्जार भन्दा वढीले होम स्टेमा आएको व्यवस्थापक धनिराम गुरौ बताउनुभयो । प्रायः स्वदेशी पर्यटकहरु नै यस होम स्टेमा बस्ने गरेका छन् ।
थारू समुदायका २० वटा र वोटे समुदायका ३ ओटा गरि २३ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । स्थानीयले पर्यटकलाई लोभ्याउन स्थानीय खानाका परिकारसंगै हात्ती सफारी, अर्गा्िनक खाना, मध्यवर्तीका रमणीय स्थलहरूको अवलोकन लगायतका प्याकेजका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, संस्कृति पहिचान प्रस्तुत गर्दै अमलटारी होम स्टेले रातीको समयमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछ ।
२०७० जेठ ५ गतेबाट सञ्चालन गरिएको होमस्टे बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको डण्डाबाट करीब ७ किलोमिटर दक्षिणमा रहेको उक्त होमस्टे सञ्चालनका लागि तराई भू–परिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेको छ ।
सम्बन्धित खबर
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
सुस्तामा बन्यो पुल, राष्ट्रपतिद्वारा उद्घाटन
बाँदर आतंकले गाउँ रित्तियो
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम फेरेर ‘नवलपुर’ राख्न माग
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०