सुन्दर कुमार थकाली,मुस्ताङ
हिमालपारीको पर्यटकिय गाउँ मार्फामा स्थानीय उत्पादनलाई प्रशोधन विधि मार्फत साना उद्योगको रुपमा संञ्चालन गर्दे आएकी घरपझोङ १ निवासी सुकुन रसाईली जिल्लाकै सर्वउत्कृष्ट उद्यमीको रुपमा स्थापित भईसकेकी छिन् ।
नेपालका हिमाली तथा उच्चपहाडी १० जिल्लामा हिमाली उपआयोजनाले लगानी गर्दे आएकोमा सुकुनको उद्योग पुस्तकमा समेटिएको हो । हिमाली आयोजनाले मुस्ताङमा कृषि विषय अन्तर्गत विभिन्न क्षेत्रमा लगानी गरेकोमा सुकुनको उद्योग उत्कृष्ट उद्योग बारे पुस्तकले समेटेका हो ।
नेपाल सरकार पशुसेवा विभाग अन्तर्गत हिमाली आयोजनाको लागि एग्रीफुड कन्सल्टीङ ईन्टरनेशनलद्धारा उच्चपहाडी भेगमा कृषि व्यवसायका असल अभ्यासहरु ःहिमालीको सिकाई पुस्तिकामा सुकुनको मार्फा फलफुल तथा तरकारी प्रशोधन वारे विस्तृत जानकारी दिलाईएको छ ।जिल्लामा भित्रिएको हिमालीले भाग्य खोल्न सफल भएकी सकुन रसाईली अहिले एक उद्यमी मात्र होईन,उनले जानेका सिकेका शिपमुलक शिक्षा अरुलाई समेत बाड्ने गरेकी छिन् ।
२०७० सालअघि आफ्ना बिदेशीएका श्रीमानलाई समेत बिदेश जानबाट रोकेर स्वदेशमै बसेर आयआर्जन गर्न सकिन्छ भन्ने दृढ संङ्कल्पका साथ घरेलु उद्योगमा समर्पित भएकी हुन् ।उनले उद्योगमा २ जनालाई नियमित रोजगार दिएकी छिन् भने सिजनका बेला करिव डेढ दर्जन मजदुरलाई अल्पकालिन रोजगार दिएकी छिन् ।
हिमालीले लगानी गरेको उद्योग मध्ये सुकुनको उद्योग उत्कृष्ठ भएको जनाउदै ३ वर्षअघि राष्ट्रपती पुरस्कारले समेत सम्मानित भएकी हुन् ।सुरुवाती चरणमा हिमालीको करिव १९ लाख अनुदान र निजि लगानी २५ लाख गरेर ४४ लाख लागतमा उद्योग संञ्चालन गर्दे आएकी सुकुनको उत्पादन मुस्ताङ लगायत जिल्ला बाहिर चितवन,कञ्चनपुर, बुटवल,काठमान्डौ र पोखरा समेत निर्यात गर्ने गरेको सुनाउछिन् ।‘प्रशोधन उद्योग राम्रो भएको छ,कारखानामा उत्पादन भएका सामान बाहिर पु¥याउछौ’सुकुनले भनीन्‘ढुवानीमा समस्या परेको छ,स्थानीय मुल्यमा बिक्री गछौं ।’
५ वर्ष अघि मार्फा गाउँमा फलफुल प्रशोधन उद्योग दर्ता गरेकी सुकुनको कारखाना स्थापित हुन ३ वष समर्य लागेको सुनाईन् ।उनले कठिन मेहनतले उद्योग विस्तारलाई अघि बढाएको बताउदै प्रतिफल पाउन समय लाग्ने बताईन् । सुकुनको उद्योगमा मुख्यगरि स्याउको सुकुटी,स्याउको केन्डी,स्याउको जाम,आलु चिप्स,खुर्पानीको सुकुटी, र जाम,सिस्नो प्रशोधनगरी तयार पारिएको धुलो दाल,रायो सागको गुन्द्रुक, अदुवाको केन्डी,टिमुरको छोप आदी उत्पादन हुने गरेको छ भने उद्योगमा स्थानीय स्तरमा पाईने लोकल जिम्बु,लोकल दाल,ब्रान्डी,लोकल दाल आदी बिक्रीमा राखिएको उनी बताउछिन् ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु