हिमालीको पुस्तकमा समेटियो सुकुनको उद्योग

हिमालीको पुस्तकमा समेटियो सुकुनको उद्योग

SUKUN
सुन्दर कुमार थकाली,मुस्ताङ
हिमालपारीको पर्यटकिय गाउँ मार्फामा स्थानीय उत्पादनलाई प्रशोधन विधि मार्फत साना उद्योगको रुपमा संञ्चालन गर्दे आएकी घरपझोङ १ निवासी सुकुन रसाईली जिल्लाकै सर्वउत्कृष्ट उद्यमीको रुपमा स्थापित भईसकेकी छिन् ।
नेपालका हिमाली तथा उच्चपहाडी १० जिल्लामा हिमाली उपआयोजनाले लगानी गर्दे आएकोमा सुकुनको उद्योग पुस्तकमा समेटिएको हो । हिमाली आयोजनाले मुस्ताङमा कृषि विषय अन्तर्गत विभिन्न क्षेत्रमा लगानी गरेकोमा सुकुनको उद्योग उत्कृष्ट उद्योग बारे पुस्तकले समेटेका हो ।
नेपाल सरकार पशुसेवा विभाग अन्तर्गत हिमाली आयोजनाको लागि एग्रीफुड कन्सल्टीङ ईन्टरनेशनलद्धारा उच्चपहाडी भेगमा कृषि व्यवसायका असल अभ्यासहरु ःहिमालीको सिकाई पुस्तिकामा सुकुनको मार्फा फलफुल तथा तरकारी प्रशोधन वारे विस्तृत जानकारी दिलाईएको छ ।जिल्लामा भित्रिएको हिमालीले भाग्य खोल्न सफल भएकी सकुन रसाईली अहिले एक उद्यमी मात्र होईन,उनले जानेका सिकेका शिपमुलक शिक्षा अरुलाई समेत बाड्ने गरेकी छिन् ।
२०७० सालअघि आफ्ना बिदेशीएका श्रीमानलाई समेत बिदेश जानबाट रोकेर स्वदेशमै बसेर आयआर्जन गर्न सकिन्छ भन्ने दृढ संङ्कल्पका साथ घरेलु उद्योगमा समर्पित भएकी हुन् ।उनले उद्योगमा २ जनालाई नियमित रोजगार दिएकी छिन् भने सिजनका बेला करिव डेढ दर्जन मजदुरलाई अल्पकालिन रोजगार दिएकी छिन् ।
हिमालीले लगानी गरेको उद्योग मध्ये सुकुनको उद्योग उत्कृष्ठ भएको जनाउदै ३ वर्षअघि राष्ट्रपती पुरस्कारले समेत सम्मानित भएकी हुन् ।सुरुवाती चरणमा हिमालीको करिव १९ लाख अनुदान र निजि लगानी २५ लाख गरेर ४४ लाख लागतमा उद्योग संञ्चालन गर्दे आएकी सुकुनको उत्पादन मुस्ताङ लगायत जिल्ला बाहिर चितवन,कञ्चनपुर, बुटवल,काठमान्डौ र पोखरा समेत निर्यात गर्ने गरेको सुनाउछिन् ।‘प्रशोधन उद्योग राम्रो भएको छ,कारखानामा उत्पादन भएका सामान बाहिर पु¥याउछौ’सुकुनले भनीन्‘ढुवानीमा समस्या परेको छ,स्थानीय मुल्यमा बिक्री गछौं ।’
५ वर्ष अघि मार्फा गाउँमा फलफुल प्रशोधन उद्योग दर्ता गरेकी सुकुनको कारखाना स्थापित हुन ३ वष समर्य लागेको सुनाईन् ।उनले कठिन मेहनतले उद्योग विस्तारलाई अघि बढाएको बताउदै प्रतिफल पाउन समय लाग्ने बताईन् । सुकुनको उद्योगमा मुख्यगरि स्याउको सुकुटी,स्याउको केन्डी,स्याउको जाम,आलु चिप्स,खुर्पानीको सुकुटी, र जाम,सिस्नो प्रशोधनगरी तयार पारिएको धुलो दाल,रायो सागको गुन्द्रुक, अदुवाको केन्डी,टिमुरको छोप आदी उत्पादन हुने गरेको छ भने उद्योगमा स्थानीय स्तरमा पाईने लोकल जिम्बु,लोकल दाल,ब्रान्डी,लोकल दाल आदी बिक्रीमा राखिएको उनी बताउछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ