मनाङको शिक्षामा प्रारम्भिक कक्षा पढाईले ल्यायो परिर्वतन

मनाङको शिक्षामा प्रारम्भिक कक्षा पढाईले ल्यायो परिर्वतन

Pra1

नेगम परियार,मनाङ । हिमालपारीको जिल्ला मनाङमा शिक्षाको पठन पाठनमा प्रारम्भिक कक्षा पढाईले शिक्षा दिन र शिक्षा लिनको लागी बिद्यार्थीहरुमा आकर्षित बनाएको छ । अमेरीकी जनता(USAID) को लागानी र नेपाल सरकारको सहयोगमा सञ्चालीत प्रारम्भिक कक्षा पढाई कार्यक्रम (NEGRP, EGRP ) ले मनाङ जिल्लामा शिक्षामा हुने निति तथा विधिमा नै परिर्वतन ल्याएको छ ।

मनाङ जिल्लाको सदरमुकाम चामेमा शनिबार बसेको प्रारम्भिक कक्षा पढाई सीप प्रबद्धनका लागी जिल्ला स्तरिय नेतृत्व सीप तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला भरका चारवटै गाउँपालिकाका अध्यक्षहरु तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तित्वहरु संग एक कार्यक्रमका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको सबैले सकारात्मक कार्यक्रम रहेको बताएका थिए । यस कार्यक्रमको अन्तिम समय भएकोले कार्यक्रमले अहिले सम्म गरेका कार्यहरु, समस्या तथा चुनौतिका विषयमा छलफल गरेको थियो । प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई चामे युवा समुहद्धारा मनाङमा सञ्चालन गर्दै आएकोमा जिल्लामा यस कार्यक्रमले उल्लेखनिय काम गरेको कार्यक्रममा सहभागीहरुको बताएका थिए ।

यस कार्यक्रमको समयअबधि समाप्तीको समय आए पनि यो कार्यक्रमलाई स्थानिय तह मार्फत निरन्तरता दिनु पर्ने सबैको जोड रहेको थियो । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले कक्षा १,२ र ३ सम्मका बालबालिकाको शिक्षामा काम गर्दै आएको थियो ।

“जग बलियो भए पो घर बलियो हुन्छ” भने झै यो कार्यक्रमले कक्षा १,२ र ३ का बालबालिकाको पठन पाठनमा बालमैत्री तरिका लगाएत बालबालिकालाई कसरी बढाउने बालबालिकालाई बिद्यालय निरन्तर आउने बातावरण कसरी बनाउने लगाएतका थुप्रै काम गर्दै आएको थियो ।

जिल्लाको ७ वटा बिद्यालयहरुलाई दुई दुई लाखको दरले बालबालिकाको भवन मालमैत्री तथा कक्षा कोठा सुधारको लागी भनी सात वटा विद्यालयलाई चौध लाख रुपैँया समेत प्रदान गरेको हो ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बालबालिकाको “रमाईलो पढाइ दिगो सिकाइ कक्षा १,२,३ का बालबालिकालाई ” भन्ने मुल मत्रका साथ कार्यक्रम गर्दै आएको हो । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बालबालिकाको मनोबल बढाई मायाँका साथ रमाईलो गरि पठन पाठन गर्नु पर्छ भनी आफ्नो कार्यक्रम अगाडी बढाएको हो ।

कार्यक्रमले मनाङ जिल्लामा तिन स्रोत केन्द्रमा जिल्ला भरी ३६ वटा टोल पढाई समूह गठन गरी टोलमा बालबालिकाको लागी रुचि बढाउने रंगिन किताब लगाएत अन्य थुप्रै सामाग्रीहरुको ब्यबस्था गरी टोल टोलमा टोल पढाई समूह कार्यक्रम समेत गठन गरी पढाईलाई सहज बनाउन काम गरेको छ ।

कार्यक्रमले कम्तीमा हरेक दिन दश मिनेट भए पनि अभिभावकले बालबालिकालाई समय दिएर पढाएमा बालबालिकाको शिक्षाको गुणस्तरमा प्रगति हुने भएकोले अभिभावकलाई कम्तीमा दश मिनेट दैनिक बालबालिकाको लागी समय मिलाएर पढाउनको लागी पनि गाउँ गाउँमा कार्यक्रम गरेको थियो । साथै हरेक विद्यालयका बालबालिका पढाउने शिक्षकहरुलाई यस कार्यक्रले थप शिक्षण तालिम समेत दिएको छ ।

यो कार्यक्रम नेपालमा सर्वप्रथम ६ वटा जिल्लामा मात्र सञ्चालन भएको थियो । अन्य १० जिल्लामा पनि थप गरि हाल १६ जिल्लामा यो कार्यक्र सञ्चालन गर्दै आएको हो । साथै यस कार्यक्रमलाई बढाएर ७७ वटै जिल्लामा गरिने भएको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गरेको कार्यक्रम तथा गतिबिधिहरुले गर्दा शिक्षामा धेरै नै परिबर्तन आएको र शिक्षा प्रणालिमा पनि परिर्बतन आएको र बालबालिकाहरुमा पनि परिबर्तन आएको र बालबालिकाको शिक्षाको गुणस्तर समेत बढेको कार्यक्रममा बोल्दै लोक प्रिय आवासी बिद्यालयका प्र.अ.सुरेश कुमार थापाले भने ।

साथै यो कार्यक्रम अति राम्रो भएको र यस्लाई निरन्तरता दिनको लागी चार वटै गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । मनाङ जिल्लाको कुल बजेटको २५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा नै लगानी गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।

शिक्षा क्षेत्रमा यस्तै यस्तै प्रारम्भिक कक्षा पढाई कार्यक्रम जस्तै राम्रा राम्रा योजनाहरु ल्याएमा गाउँपालिकाबाट बजेट हाल्न कुनै समस्या नभएको र कार्यक्रम र योजनाहरु टिकाउ भरपर्दो र उपलब्धीमुलक हुनु पर्ने नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले प्रतिबद्धता समेत गरेको थिए । प्रारम्भिक कक्षा पढाई कार्यक्रमले मनाङ जिल्लामा लगाएत अन्य १६ जिल्लामा कक्षा १,२,३ का बालबालिकालाई सन.२०१५ बाट सन.२०२० सम्म काम गर्ने छ ।

यो कार्यक्रम पाचँ बर्षको अबधि हुने प्रारम्भिक कक्षा पढाई कार्यक्रमका मनाङका जिल्ला संयोजक बिमल गैरेले बताए । समग्रमा मनाङ जिल्लाको पढाई पहिले र अहिलेमा धेरै परिर्बतन आएको गैरेले बताए । साथै जिल्लाकै शिक्षाको गुणस्तरीय शिक्षा बन्दै आएको र प्रारम्भिक कक्षा पढाई कार्यक्रमले नै जिल्लामा राम्रो गुणस्तरिय शिक्षामा सहयोग पुगेका उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ