मेरो शरीर आकर्षक नहुन सक्छ । म पातली छु । मेरो चिउँडो निकै लामो छ । मेरो कपाल कर्ली छ तर कपडा बिना मेरो शरीर मलाई निकै आकर्षित लाग्छ ।
मलाई आफ्नो सेक्सुआलिटी बारे सोचेर कहिले पनि अचम्म लाग्दैन थियो तर १७ वर्षको उमेरमा जब मैले आफ्ना साथीलाई यसबारे बताएँ तब यसबारे मेरो सोच बदलियो ।
ती साथी र म सँगै हुर्किएका हौं र अहिले पनि एक–अर्काको निकै नजिक छौं । हामी धेरैजसो आफ्नो लैङ्गिकताको अनुभव बाँड्छौं ।
तर जब मैले मेरो साथीहरुलाई आफ्नो यौनिकताको अनुभवबारे बताएँ तब कसैले पनि मेरो कुरा बुझेनन् । उनीहरुलाई मेरो कुरा निकै हास्यास्पद लाग्यो । मेरो कुरालाई मजाक बनाए ।
म पनि उनीहरुको चुट्किलामा हाँस्थे तर भित्र भित्रै आफूमा के गल्ती छ भनेर सोच्थेँ । त्यतिबेला मलाई थाहा भयो कि म आफैंप्रति यति आकर्षित थिएँ कि जुन सामान्य होइन । तर अब मलाई यस्तो महसुस गर्ने बानी नै भइसकेको छ ।
हालै मलाई थाहा भएको छ कि म आफ्नो बारे जस्तो महसुस गर्छु त्यसका लागि शब्द पनि छ जुन विज्ञानमा प्रयोग गरिन्छ – अटोसेक्सुअल ।
अब म गर्वले भन्छु कि म ‘अटोसेक्सुअल’ हुँ ।
के हो अटोसेक्सुआलिटी ?
जो व्यक्ति आफ्नो शरीर हेरेरै आफूलाई यौन सुख प्रदान गर्न सक्छन् र आफ्नो शरीर देखेर आकर्षित हुन्छन् उनीहरुलाई विज्ञानले ‘अटोसेक्सुअल’ भन्छ ।
उनीहरु न त ‘गे’ हुन् न ‘लेस्बियन’ नै । उनीहरुलाई न महिला, न पुरुषप्रति यौन आकर्षण हुन्छ ।
अटोसेक्सुअल एउटा यस्तो शब्द हो जसलाई परिभाषित गर्नका लागि वैज्ञानिकले निकै मेहनत गर्नुपर्यो । यो शब्दलाई राम्रोसँग परिभाषित गर्नका लागि न त धेरै डाटा छ न नै अनुसन्धान ।
सन् १९८९ मा यो शब्दको प्रयोग पहिलो पटक सेक्स चिकित्सक बर्नाड एपेलबाउमले एक पेपरमा गरेका थिए । उनले यो शब्दको प्रयोग ती व्यक्तिका लागि गरेका थिए जो अन्य व्यक्तिको यौनिकतामाथि आकर्षित हुन सक्दैनन् ।
तर आज यो शब्दको प्रयोग ती व्यक्तिका लागि गरिन्छ जो विशेष रुपमा आफ्नै शरीरसँग आकर्षित हुन्छन् ।
आफैंसँग डेट र आफैंसँग रोमान्सः
माइकल आरोन मोडर्न सेक्सुअलिटीः द ट्रुथ अबाउट सेक्स एन्ड रिलेशनशिपका लेखक हुन् । उनका अनुसार आफैंप्रति आकर्षित हुनु निकै साधारण हो तर केही व्यक्ति अन्य व्यक्तिभन्दा आफूलाई हेरेर र छोएर अत्यधिक उत्तेजित महसुस गर्छन् । यस्तै व्यक्तिलाई ‘अटोसेक्सुअल’ भनिन्छ ।
धेरैजसोले मलाई नार्सिस्ट भने । अर्थात्, ती व्यक्ति जो आफूलाई प्रेम गर्छन् र आफैंमा मुग्ध हुन्छन् । तर लण्डन युनिभर्सिटीमा पढाउने डा. जेनिफर मेकगोवन भन्छन्, ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरका बिरामीमा सहानुभूतिको कमी, अन्य व्यक्तिबाट प्रशंसाको भोकोलगायतका लक्षण हुन्छन् । अटोसेक्सुअलिटी एउटा भिन्न चिज हो ।’
डाक्टर जेनिफर भन्छन्, ‘अटोसेक्सुअल्स आफैंलाई हेरेर यौन सुख प्राप्त गर्छन् भने नार्सिस्टलाई अरुको अटेन्सन चाहिन्छ । यसबाहेक अटोसेक्सुअलिटीलाई सहानुभूति वा प्रशंसाको कमीसँग कुनै लेनदेन छैन ।’
केही विशेषज्ञका अनुसार अन्य व्यक्तिमा झैं अटोसेक्सुअलमा पनि यौनिकताका विभिन्न स्तर देख्न पाइन्छ । कोही अटोसेक्सुअलका ुसाथै अटोरोमान्टिक पनि हुन्छन् जो आफैंसँग डेटमा वा राम्रो मौसममा वाकका लागि जान्छन् ।
अटोसेक्सुअलका साथै मलाई कहिलेकाँही साधारण व्यक्तिजस्तै राम्रो हुने इच्छा हुन्छ । जब साथीहरुले मेरो अवस्था बुझ्दैनन् तब निकै रिस उठ्छ ।
जब म आफ्ना प्रेमीसँग हुन्छु तब म भिन्न महसुस गरिरहेको हुन्छु । जब हामी नजिकिन्छौं तब म प्रेमीले झैं महसुस गर्न सक्दिनँ ।
त्यतिबेला चाहिँ मलाई म पनि साधारण व्यक्तिले झैं महसुस गर्न सके हुन्थ्यो जस्तो लाग्छ । तर यो पनि सोच्छु कि यौनिकतामा केही पनि साधारण हुँदैन । हामी सबै अलग छौं ।
सम्बन्धित खबर
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु