बुडापेस्ट । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ ।
हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।
सो डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो ।हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको थियो ।
स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो ।
दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए । हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार