सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न कठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले बचाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको मृत्यु भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्राण गयो । १५ मिनेट जति शव छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्यान जाने बताए । पति पत्नीको शव नाघेर चुचुरोतर्फ उक्ले ।
पत्नीवियोग छातिभित्र दबाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । ९ जेष्ठमा उनी शिखरमा पुग्दा पत्नी अञ्जलीको निधन भइसकेको थियो । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उद्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।
पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्यान गयो ।
अञ्जलीको शव निकालेर भारत पु¥याउन सात दिन लाग्यो । १६ जेष्ठमा भारत पु¥याएर भोलिपल्ट अन्तिम संस्कार गरिसकिएको छ । उद्दार गर्न र शव निकाल्न महङ्गो भएको गुनासो कुलकर्णी परिवारले गरेको छ ।reportersnepal
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति