सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा पत्नीको अक्सिजन सिलिण्डर रित्तियो । स्वास फेर्न कठिन भएपछि पुक्लुक्क ढलिन् । पतिले बचाउन प्रयास गरे तर सकेनन् । शिखरभन्दा ५० मिटर तल पत्नीको मृत्यु भयो । पतिले बोलाउँदा बोलिनन् । पतिले हेर्दाहेर्दै प्राण गयो । १५ मिनेट जति शव छेऊ बसे । अन्तमा उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्यान जाने बताए । पति पत्नीको शव नाघेर चुचुरोतर्फ उक्ले ।
पत्नीवियोग छातिभित्र दबाएर सगरमाथाको चुचुरोमा पुगेका पति हुन् भारतका शरद कुलकर्णी । ९ जेष्ठमा उनी शिखरमा पुग्दा पत्नी अञ्जलीको निधन भइसकेको थियो । सगरमाथाको चुचुरोमा पुग्न लागेको लाइनले उद्दार समेत ढिलो भयो । इन्डियन एक्सप्रेसका अनुसार कुलकर्णी दम्पत्तिले पाँच वर्ष यता सगरमाथाको चुचुरोमा पुग्न तयारी गर्दै आएका थिए ।
पति पत्नी दुवैको सगरमाथाको चुचुरोमा पुग्ने सपना पूरा भएन । शरद चुचुरोमा पुगे, अञ्जली ५० मिटर नजिक मात्र पुग्न सकिन् । शेर्पा गाइडले तानेर नलगेको भए शरद पनि जिवित फर्कने सम्भावना कमै थियो । चुचरोमा पुग्ने भीडका कारण भएको अलमलले उनको अक्सिजन सकिदै थियो । अक्सिजन सकिएकैले अञ्जलीको चुचुरो नजिकै ज्यान गयो ।
अञ्जलीको शव निकालेर भारत पु¥याउन सात दिन लाग्यो । १६ जेष्ठमा भारत पु¥याएर भोलिपल्ट अन्तिम संस्कार गरिसकिएको छ । उद्दार गर्न र शव निकाल्न महङ्गो भएको गुनासो कुलकर्णी परिवारले गरेको छ ।reportersnepal
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो