काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।
सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।
उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।
लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग