गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। पोखरा महानगरपालिका -१५ स्यानी मजुवामा रहेको ‘इको नेस्क्ट टेक्नोलोजिष्ट प्रालि’ले विगत ११ वर्षदेखि प्राङ्गारिक मलको उत्पादन गर्दै आइरहेको छ। रासायनिक मलको प्रयोगले माटो र मानव स्वास्थ्यमा असर पार्ने तर, प्राङ्गारिक मलको प्रयोगले मानव स्वास्थ्य र जमिनमा कुनै असर नपार्ने भएकाले पछिल्लो समय किसानहरूमा प्राङ्गारिक मल तर्फको आकर्षण बढ्दै गइरहेको छ।
‘इको नेस्क्ट टेक्नोलोजिष्ट प्रालि’ २०६८ साल असोज १ गतेदेखि स्थापना भएको कम्पनी हो। विगतमा साझेदारीमा रहेको यो कम्पनी दुई वर्षदेखि पोखरा -१५ काजी पोखरी निवासी राजेश गौतमले एकलरुपमा सञ्चालन गर्दै आइरहेका छन् ।
इको प्राङ्गारिक गाई भैँसीको मल, कुखुराको सूली, बाख्राको जुतो, हड्डी, पिना लगायतको मिश्रण गरेर तयार पारिन्छ। विभिन्न स्रोतहरूबाट उपलब्ध मललाई तीन महिनासम्म स्टोर गरी घाममा सुकाएर मेसिनमा हालेर दानाको रूपमा मललाई निकालिन्छ र माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मिश्रण पश्चात् तयार पारिन्छ।
प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वरामा सुधार र वृद्धि ल्याउँछ। यस मलमा प्राकृतिक नाइट्रोजन, फस्फोरस र पोटास प्रचुर मात्रामा रहने हुँदा बिरुवालाई आवश्यक तत्त्वहरूको पूर्ति गर्दछ। जसका कारण बालीको उत्पादन वृद्धि हुन्छ।
हाल यस कम्पनीबाट अर्ग्यानिक तथा गँड्यौला मल उत्पादन हुँदै आइरहेको छ। जसमा १ केजी, २ केजी, ३ केजी ५ केही र ३० केजीको बोरामा उपलब्ध छ। यो मल विशेष गरी अन्नबाली, लहरे बाली, गोलभेँडा, आलु, मुला, गाजर, बन्दा काउली लगायत बहु वर्षीय वनस्पति स्याउ, आँप सुन्तला, मेवा र फूल वर्गमा पर्ने बिरुवाका लागि उत्तम मानिन्छ।
चार रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सिङ्गापुर प्रविधिमा आधारित छ । नेपाल सरकार माटो परीक्षण विभागको २१ लाख ४२ हजार अनुदान तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २० लाख गरी यस उद्योगलाई नेपाल सरकारबाट कूल ४२ लाख ४८ हजार अनुदान सहयोग प्राप्त भएको छ। १ दर्जन कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको यो कम्पनीमा हालसम्म २ करोड २५ लाख लगानी भइसकेको छ।
हाल यहाँ उत्पादित मल गण्डकी प्रदेशका कास्की, स्याङ्जा पर्वत, तनहुँ, गोर्खा, लमजुङ बागलुङ, मनाङ मुस्ताङ लगायतका जिल्लाहरूमा बिक्री वितरण हुँदै आइरहेको छ। मासिक ५० हजार केजी मल बिक्री गर्दै आइरहेको यस कम्पनीबाट उत्पादित मल प्रयोग गर्ने किसानहरू बाट आएको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको भन्दै अझ क्षमता विस्तार गरी देशैभर मल पठाउने गौतमको योजना छ।
भिडियो !
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा