एक्लै प्राङ्गारिक मल कम्पनी हाँकिरहेका पोखराका राजेश (भिडियो रिपोर्ट) 

एक्लै प्राङ्गारिक मल कम्पनी हाँकिरहेका पोखराका राजेश (भिडियो रिपोर्ट) 

1 copy

पोखरा। पोखरा महानगरपालिका -१५ स्यानी मजुवामा रहेको ‘इको नेस्क्ट टेक्नोलोजिष्ट प्रालि’ले विगत ११ वर्षदेखि प्राङ्गारिक मलको उत्पादन गर्दै आइरहेको छ।  रासायनिक मलको प्रयोगले माटो र मानव स्वास्थ्यमा असर पार्ने तर, प्राङ्गारिक मलको प्रयोगले मानव स्वास्थ्य र जमिनमा कुनै असर नपार्ने भएकाले पछिल्लो समय किसानहरूमा प्राङ्गारिक मल तर्फको आकर्षण बढ्दै गइरहेको छ।

‘इको नेस्क्ट टेक्नोलोजिष्ट प्रालि’ २०६८ साल असोज १ गतेदेखि स्थापना भएको कम्पनी हो। विगतमा साझेदारीमा रहेको यो कम्पनी दुई वर्षदेखि पोखरा -१५ काजी पोखरी निवासी राजेश गौतमले एकलरुपमा सञ्चालन गर्दै आइरहेका छन् ।

इको प्राङ्गारिक गाई भैँसीको मल, कुखुराको सूली, बाख्राको जुतो, हड्डी, पिना लगायतको मिश्रण गरेर तयार पारिन्छ।  विभिन्न स्रोतहरूबाट उपलब्ध मललाई तीन महिनासम्म स्टोर गरी घाममा सुकाएर मेसिनमा हालेर दानाको रूपमा मललाई निकालिन्छ र माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मिश्रण पश्चात् तयार पारिन्छ।

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वरामा सुधार र वृद्धि ल्याउँछ। यस मलमा प्राकृतिक नाइट्रोजन, फस्फोरस र पोटास प्रचुर मात्रामा रहने हुँदा बिरुवालाई आवश्यक तत्त्वहरूको पूर्ति गर्दछ। जसका कारण बालीको उत्पादन वृद्धि हुन्छ।

हाल यस कम्पनीबाट अर्ग्यानिक तथा गँड्यौला मल उत्पादन हुँदै आइरहेको छ। जसमा १ केजी, २ केजी, ३ केजी ५ केही र ३० केजीको बोरामा उपलब्ध छ। यो मल विशेष गरी अन्नबाली, लहरे बाली, गोलभेँडा, आलु, मुला, गाजर, बन्दा काउली लगायत बहु वर्षीय वनस्पति स्याउ, आँप सुन्तला, मेवा र फूल वर्गमा पर्ने बिरुवाका लागि उत्तम मानिन्छ।

चार रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सिङ्गापुर प्रविधिमा आधारित छ । नेपाल सरकार माटो परीक्षण विभागको २१ लाख ४२ हजार अनुदान तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २० लाख गरी यस उद्योगलाई नेपाल सरकारबाट  कूल ४२ लाख ४८ हजार अनुदान सहयोग प्राप्त भएको छ। १ दर्जन कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको यो कम्पनीमा हालसम्म २ करोड २५ लाख लगानी भइसकेको छ।

हाल यहाँ उत्पादित मल गण्डकी प्रदेशका कास्की, स्याङ्जा पर्वत, तनहुँ, गोर्खा, लमजुङ बागलुङ, मनाङ मुस्ताङ लगायतका जिल्लाहरूमा बिक्री वितरण हुँदै आइरहेको छ। मासिक ५० हजार केजी मल बिक्री गर्दै आइरहेको यस कम्पनीबाट उत्पादित मल प्रयोग गर्ने किसानहरू बाट आएको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको भन्दै अझ क्षमता विस्तार गरी देशैभर मल पठाउने गौतमको योजना छ।

भिडियो !

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds