चार देशीय महिला टी–२० : जापानविरुद्ध नेपाल ६७ रनले विजयी

चार देशीय महिला टी–२० : जापानविरुद्ध नेपाल ६७ रनले विजयी

women_cricket_hKG33IvemL

पोखरा । चार देशीय महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको छ ।

हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।

जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन् ।

शृङ्खलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएको नेपाल फाइनलमा पुग्न सकेन ।

हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds