सफल फ्रेश पनिर नेपालमा पहिलो पटक थर्मोफर्मिङ प्याकमा उपलब्ध

प्रवर्द्धनात्मक सामाग्रीः

सफल फ्रेश पनिर नेपालमा पहिलो पटक थर्मोफर्मिङ प्याकमा उपलब्ध

२ सय ग्रामको २ सय र ५ सय ग्रामको ४८० मा उपलब्ध

Safal Fresh Paneer banner

पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले आफ्ना उपभोक्ताहरूका लागि सफल फ्रेश पनिरलाई नयाँ थर्मोफर्मिङ प्याकमा उपलब्ध गराएको छ।

सफल फ्रेश पनिर गुणस्तर र स्वच्छताको उच्चतम स्तर सुनिश्चित गर्दै आधुनिक प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ।

‘यसमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम र भिटामिन जस्ता पौष्टिक तत्वहरू भरिपूर्ण छन्, जसले स्वास्थ्यका लागि फाइदाजनक र स्वादमा पनि उत्कृष्टता दिन्छ। शुद्धता, स्वाद र स्वास्थ्यका लागि परिचित सुजल डेरीले सफल फ्रेश पनिरलाई उपभोक्ताको भान्सामा अझ स्वादिष्टता र पौष्टिकता थप गर्ने उद्देश्यले “अझै SOFT, अझै FRESH बनाएको छ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपालमै पहिलोपटक ल्याइएको यस अत्याधुनिक थर्मोफर्मिङ प्याकले सफल फ्रेश पनिरलाई अझै SOFT, अझै FRESH रख्नुको साथै सफा र स्वस्थ पनि राख्ने कम्पनीको भनाइ छ ।

एउटै आकार र ढिक्कामा भ्याकुम प्याक गरिएको सफल फ्रेश पनिरले स्वाद र पौष्टिकता सुरक्षित राख्ने, स्पष्ट देखिने र बलियो थर्मोफर्मिङ प्याकले सफल फ्रेश पनिरलाई सजिलै खरिद गर्न, भण्डारण गर्न र प्रयोग गर्न मिल्ने बनाएको छ, जसले उपभोक्तामा स्वाद र सन्तुष्टि दुबै जगाउनेमा कम्पनी विश्वस्त छ ।

‘सफल फ्रेश पनिरले तपाईंको खाना बनाउने अनुभवलाई रमणीय बनाउँछ। तपाईं खाना बनाउन मन पराउनु हुन्छ वा राम्रो पकवान बनाउने जानकार हुनुहुन्छ, सफल पनिरले हरेक परिकारलाई स्वादिष्ट बनाउँछ। धेरै प्रकारका परिकारका लागि मिल्ने सफल फ्रेश पनिरले स्वाद मात्र होइन, पोषण पनि दिन्छ। तपाईं यसबाट बटर पनिर मसला, पनिर तावा, मटर पनिर, पनिर चिल्ली जस्ता स्वादिष्ट परिकारहरू सजिलै बनाउन सक्नुहुन्छ।’ कम्पनीले उपभोक्तालाई विश्वस्त बनाएको छ ।

सफल फ्रेश पनिर बजारका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा २०० ग्रामको लागि रु. २०० र ५०० ग्रामको लागि रु. ४८० मा उपलब्ध छ।

सम्बन्धित समाचारः

सुजल डेरीका उत्पादनहरूः

‘सफल दही, एकदम सही’, २ दशकदेखि निरन्तर

नेपाली स्वाद र स्वास्थ्यको प्रतीक ‘सफल दही’, १९ वर्षदेखि पोखरेलीको प्रिय

सफलको ‘फार्म बफेलो मिल्क’ पोखरामा बजारमा

सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध

सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

पोखरा म्याराथनलाई ‘सफल दूध’को मूख्य प्रायोजनमा साथ निरन्तर

पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुल्क होम डेलिभरी गर्ने

सुजल  फूड्सका उत्पादनहरूः

रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ