नेपाली स्वाद र स्वास्थ्यको प्रतीक ‘सफल दही’, १९ वर्षदेखि पोखरेलीको प्रिय

प्रवर्द्धनात्मक सामाग्री

नेपाली स्वाद र स्वास्थ्यको प्रतीक ‘सफल दही’, १९ वर्षदेखि पोखरेलीको प्रिय

परम्परा र पौष्टिकताको उत्कृष्ट संयोजन

Safal Dahi Must Head Design

नेपाली स्वाद र स्वास्थ्यको प्रतीकका रूपमा स्थापित ‘सफल दही’ पोखरामा उपभोक्ताबीच लोकप्रिय हुँदै गएको छ।

लक्ष्मी ग्रुप अन्तरगतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले १९ वर्षदेखि गुणस्तरीय दही उत्पादन गर्दै पोखरा र वरपरका क्षेत्रहरूमा ‘सफल दही’को सफल यात्रा अघि बढाइरहेको छ ।

गाई तथा भैंसीको ताजा दूधबाट तयार गरिएको सफल दही आफ्नो ताजापन, गाढा बनावट र सन्तुलित स्वादका कारण गृहिणीहरूदेखि होटल–रेस्टुराँसम्म सबैका लागि भरोसायोग्य बनेको कम्पनीको दाबी छ ।

व्यस्त जीवनशैलीले सन्तुलित भोजन तयार गर्न चुनौती बनिरहेको आजको सन्दर्भमा, सफल दहीले सजिलै मिसाएर पोषणयुक्त खाना बनाउन सकिने समाधानको रूपमा बजारमा आफूलाई स्थापित गरिरहेको छ ।

कम्पनीका अनुसार प्रोटिन, क्याल्सियम तथा पाचन प्रणाली सुदृढ बनाउने प्रोबायोटिक गुणहरूले भरिएको सफल दही हरेक उमेर समूहका लागि उपयुक्त छ । यसले स्वास्थ्य मात्र नभई परम्पराको सम्मानलाई समेत अगाडि बढाएको छ ।

नेपाली भान्सामा धार्मिक र सांस्कृतिक महत्व बोकेको दही चाडपर्व, पूजाआजा, विवाहजस्ता अवसरमा शुभ संकेतका रूपमा प्रयोग हुने परम्परा छ, जसमा सफल दहीले निरन्तरता दिँदै आधुनिकताको सन्देश पनि बोकेको छ ।

सुजल डेरीको मार्केटिङ विभागका अनुसार सफल दही पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा विभिन्न आकारका प्याकेजमा उपलब्ध छन् ।

उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सफल दही विभिन्न परिमाण र मूल्यमा पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा उपलब्ध छ ।

१२५ मिलिलिटरको कप ३५ रुपैयाँमा मा, २०० मिलिलिटरको कप ४५ रुपैयाँमा, ५ सय मिलिलिटरको कप सयमा र १ लिटरको कप १ सय ९० रुपैयाँमा पाइन्छ । त्यस्तै, ५ सय मिलिलिटरको प्याकेट ८५ रुपैयाँमा मा उपलब्ध छ ।

स्वाद, पौष्टिकता र सहजतासहितको भरपर्दाे विकल्पका रूपमा सफल दहीले बजारमा आफ्ना प्रतिस्पर्धी उत्पादनहरूभन्दा उत्कृष्ट मूल्य–परिमाण सन्तुलन कायम गरेको कम्पनीको दाबी छ । नियमित उपभोगकर्ताहरूले मूल्यअनुसारको गुणस्तर र स्वादको भरपुर अनुभव लिइरहेको प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित समाचारः

सुजल डेरीका उत्पादनहरूः

सफलको ‘फार्म बफेलो मिल्क’ पोखरामा बजारमा

सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध

सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

पोखरा म्याराथनलाई ‘सफल दूध’को मूख्य प्रायोजनमा साथ निरन्तर

पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुल्क होम डेलिभरी गर्ने

सुजल  फूड्सका उत्पादनहरूः

रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ