पोखरामा जारी प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन विभिन्न उमेर समूहमा ३० खेल सम्पन्न भएका छन् ।
गण्डकी प्रदेश टेनिस संघ, पोखराको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा ब्वाइज तथा गर्ल्स एकलतर्फका खेलहरू सम्पन्न भएका हुन्।
यू ८ वर्ष गर्ल्सतर्फ भानी राजभण्डारी र निवेदी सुनारले फाइनलमा स्थान बनाउँदा ब्वाइजतर्फ सहर्ष कायस्थ र रमा अल्वर्टो फाइनलमा पुगेका छन् ।
यू ९ र १० ब्वाइज दुबै तर्फ सोनम टी घले र सर्बज्ञ जंग खत्री फाइनलमा प्रवेश गर्दा यू ९ गर्ल्सतर्फ भानी राजभण्डारी र सेजल राना मगरले उपाधिका लागि स्थान सुरक्षित गरेका छन् । त्यस्तै यू१० गर्ल्सतर्फ निम्ती कुँवर र सहारा कायस्थले फाइनल यात्रा तय गरेका छन् ।
यू १२ वर्ष गर्ल्सतर्फ सहारा कायस्थले अनन्या गुरुङलाई ६–१, ६–१ ले तथा राजिशा जोशीले सहारा कायस्थलाई ६–१, ६–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
यू १२ वर्ष ब्वाइजतर्फ सहन्श बस्नेतले सबिक पोखरेललाई ६–२, ६–१ ले पराजित गरे। त्यस्तै इभान भट्टराईले अयान पन्तलाई ६–१, ६–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका छन् ।
यू १४ वर्ष गर्ल्सतर्फ बोनी म्याक्लागनले समृद्धि खत्रीलाई ६–२, ७–५ ले पराजित गर्दा राजिशा जोशीले अनन्या गुरुङलाई ६–१, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी छन् ।
यू १४ वर्ष ब्वाइजतर्फ आयर्शराज पौडेल र सुरेन्द्र विक तथा सहन्श बस्नेत र अभिषेक बयलकोटीले आ–आफ्ना खेल जित्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।
यू १६ वर्ष ब्वाइजतर्फ सुरेन्द्र बीकेले अभिषेक बयलकोटीलाई ६–०, ६–१ ले पराजित गरे । आर्यश राज पौडेलले अभिषेक बीकेलाई ६–३, ६–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
यू १८ वर्ष ब्वाइजतर्फ शाश्वत बज्राचार्यले अभिषेक बीकेलाई ६–३, ६–२ ले पराजित गरे भने सन्दीप बीकेले सुरेन्द्र बीकेलाई ७–६, ६–३ ले हराएका छन् ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ । दोस्रो दिनका खेलसँगै प्रतियोगिताको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको आयोजक गण्डकी प्रदेश टेनिस संघले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन