पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम कलेज)को मुख्य प्रायोजन तथा गण्डकी प्रदेश टेनिस संघको आयोजनामा सम्पन्न ‘प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उपाधि शाश्वत बज्रचार्य र आर्याशराज पौडेलले जितेका छन् ।
पोखरा टेनिस कम्लेक्समा सोमबार सम्पन्न यू१८ ब्वाइजतर्फको फाइनलमा शाश्वतले सन्दिप विकलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरी उपाधि हात पारेका छन् ।
त्यस्तै, सोमबार नै सम्पन्न यू–१४ ब्वाइजतर्फको फाइनलमा आर्याशराज पौडेलले अभिषेक बयलकोटीलाई संघर्षपूर्ण खेलमा पराजित गरे । आर्याशले पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पार्दै अभिषेकमाथि दबाब बनाए । दोस्रो सेटमा भने अभिषेकले कडा चुनौती प्रस्तुत गरे पनि आर्याशले ७–५ ले सेट जित्दै उपाधि आफ्नो नाममा लेखाए ।
यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बिक च्याम्पियन बनेका छन् । फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए भने गर्ल्सतर्फ यु–१२ र यु–१० दुर्वतर्फको उपाधी निम्ती कुँवरले जितेकी छन् । यू–८ गर्ल्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितिय भइन् । यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल भए । यू–९ ब्वाइज सिंगल्समा सवज्र्ञ जंग खत्री प्रथम तथा सोनम टी घले द्वितिय भए ।
बिजेता खेलाडीहरुलाई पीसीएम कलेजकी प्राचार्य लिना श्रेष्ठ नेगी, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, गण्डकी टेनिसका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक लोक बहादुर गुरूङ, उपाध्यक्ष विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्थालगायतले गिफ्ट ह्याम्पर, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यहि भदौ ५ गतेबाट सुरू भएको प्रतियोगितामा विभिन्न उमेर समुहसँगै ओपनतर्फका खेलमा ६० भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए । यो प्रतियोगिता जुनियर खेलाडीहरुको प्रतिभा पहिचानसँगै प्रतियोगिताको माध्यमबाट उनीहरुको क्षमता अभिवृद्धि गर्नु रहेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाएका छन् ।
सम्बन्धित खबर
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित