बुडापेस्ट । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ ।
हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।
सो डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो ।हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको थियो ।
स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो ।
दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए । हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ