पोखरा । आज अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१४को डिसेम्बर ११ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस वा विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार पाँचौ योग दिवस नेपाल समेत विश्वका विभिन्न भागमा मनाइँदैछ ।
पोखरामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि २१ जुन २०१९ का दिन अर्थात (आज) असार ६ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइने भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पाचौ अन्तर्राष्ट्रिय योग दिवस पोखरा महानगरपालिका वडा नं ६ स्थित पोखरा कोमागाने मैत्री पार्क भित्र केदारेश्वर मन्दिर प्राङ्गणमा डा.योगी विकासानन्दको प्रमुख प्रशिक्षणमा विभिन्न योग अभ्यासका साथ मनाउने भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहनेछ । योग सम्बन्धि जनचेतना जगाउदै स्वास्थ्य समाज निर्माण गर्ने हेतुले योग फर हार्मोनी एण्ड पिस भन्ने मूल नाराका साथ योग दिवस मनाउन लागिएको हो ।















सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु