एजेन्सी : रचना (परिवर्तित नाम) भारतको लुगलकाबादमा बस्छन् । उनी पछिल्ला केही दिनदेखि तनावमा थिइन् । सोसल मिडियामा एक व्यक्ति उनलाई थुप्रै दिनदेखि मेसेज पठाइरहेका थिए । चिन्तित उनले पुलिसलाई यसबारे जानकारी दिइन् तर ब्ल्याकमेलरले मानेनन् । उनको मेसेज आइरह्यो । यसपटक उनले धम्की दिँदै भने, ‘यदि एक लाख रुपैयाँ नदिने हो भने सोसल मिडियामा निजी तस्बिर लिक गरिदिन्छु ।’
रचना पुनः पुलिसथाना गइन् र ती सबैकुरा जानकारी दिइन् । पुलिसले ब्ल्याकमेलर पक्राउ गर्न टिम बनाए । अन्त्यमा आरोपी पक्राउ परे । ती आरोपी रचनाका श्रीमानका साथी निस्किए । र उनले रचनाको श्रीमानको आदेशमा नै यस्तो गरेको बताए ।
के हो मामला ?
एनटीबीको खबर अनुसार रचनाका श्रीमान् नविन कुमार शर्मा दिल्ली पुलिसमा हेड कन्स्टेबल हुन् र नजफगढमा बस्छन् । दुईबीच अदालतमा विवाद चलिरहेको छ । दुई साढे दुई वर्षदेखि अलग बसिरहेका छन् । उनीहरुका साढे दुई वर्षका छोरा पनि छन् जो रचनासँग बस्छन् ।
सोसल मिडियामा मेसेज आएपछि रचनाले जून १८ तारिखमा पुलिसमा उजुरी दिइन् । त्यसपछि पुलिसले ब्ल्याकमेलरलाई समात्नका लागि पैसा दिने बहानामा बोलाए । त्यहाँ उनलाई पक्राउ गरियो । रचनाले ती व्यक्तिलाई देख्नेबित्तिकै चिनिहालिन् । आरोपीका नाम अंशुल हो ।
पुलिस सोधपुछमा आरोपीले पैसा लिनका लागि उनलाई रचनका श्रीमान् नविन कुमार शर्माले पठाएको बताए । पुलिसले नविनलाई पनि पक्राउ गरेको छ ।
पुलिसले नविनको फोनमा रचनाका केही अश्लिल तस्बिर भेटेको छ । जब पुलिसले ती फोटोबारे सोध्यो तब नविनले ती फोटो सोसल मिडियामा केही अपरिचित अकाउन्टबाट भेटिएको बताए । पुलिसले दुबैको मोबाइल जफत गरेको छ र दुईविरुद्ध मुद्दा चलाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’