भेडा–च्याङ्ग्राको हुलले जोमसोम बजार भरियो

भेडा–च्याङ्ग्राको हुलले जोमसोम बजार भरियो

1

सुन्दरकुमार थकाली, मुस्ताङ । बडादशै अन्तर्गत १६ श्राद्ध तिथि चलिरहेको छ । यसबीचमा मुस्ताङमा दशैको रौनक देखिएकोे छ । तिर्थालुको आगमन तथा जता हे¥यो ,उतै भेडा–च्याङग्रामय वातावरणले जोमसोममा चहलपहल बढेको हो ।यतिखेर जोमसोममा बिक्रीका लागि ल्याइएका भेडा–च्याग्राको बथानहरु एकत्रित भईरहेको छ ।

तिब्बततीरका भेडा–च्याङ्ग्रा कोरला वैकल्पिक खुल्ला मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।गतवर्ष कोरलाको २४ नम्बर पिल्लर हुँदै १ सय ६० मात्र भेडा–च्याङ्ग्रा भित्रिएका थिए ।त्यससमय प्रति च्याङ्ग्राको भन्सार कर १ सय थियो ।नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार यसवर्ष सीमाक्षेत्रबाट भित्रिने च्याङ्ग्राको पैठारी कर ५ सय तोकिएपछि २४ नम्मर पिल्लरबाट कुनैपनि चौपाया नभित्रिएको नेचुङ भन्सारका प्रमुख राजुकुमार बिपीले बताए ।उनले सीमावर्तीक्षेत्रबाट भेडा च्याङ्ग्रा आएपनि बढी कर तथा खुल्ला सिमाना भएकाले समस्या परेको बताए ।

छिमेकी जिल्ला डोल्पाबाट पनि उक्तिकै संख्यामा भेडा–च्याङग्रा जोमसोमतर्फ झर्दैछन् ।उपल्लो मुस्ताङका ग्रामिणबस्तीबाट पनि स्थानीयले पालन गरेका चौपायाहरु बिक्रीका लागि जोमसोम ल्याईदै छ ।बिहिबार साँझ सम्मको तथ्याङ्क हेर्दा जोमसोममा २० हजार भेडा–च्याङ्ग्रा भित्रिएको जोमसोमका स्थानीय भुपिन शेरचनको अनुमान छ।उनका अनुसार कागबेनी ,छुसाङ,फल्याक, र शान्ता आदीमा स्थानमा पनि उक्तिकै संख्यामा भेडा–च्याङ्ग्रा जोमसोम तर्फ झर्दै गरेको बताए ।शेरचन जोमसोमका चौरी पालक किसान हुन् ।‘यस वर्ष विगतको अनुपातमा भेडा–च्याङ्ग्रा कम भित्रिएको छ ।भन्सार तथा स्थानीय निकाय आदीको चर्को निकासी करले व्यवसायीले च्याङ्ग्रा व्यापार गर्न छोडेका होकी भन्ने ठम्याई हो । आईतबार सम्ममा जोमसोममा कति च्याङ्ग्रा भित्रिए भन्ने एकिन आँकडा आउला ।’उनले भने ।

a

तिर्थालुको आगमन तथा जता हे¥यो ,उतै भेडा–च्याङग्रामय वातावरणले जोमसोममा चहलपहल बढेको हो ।

भेडा–च्याङ्ग्रा जिल्ला मुकाम भित्रिए संगै जिल्लाबाहिरका व्यापारीहरुको जोमसोममा जमघट भएका छन् ।च्याङ्ग्रा खरिद गर्ने उद्देश्यले काठमान्डौ,पोखरा,बुटवल,बाग्लुङ,पर्वत, स्याङ्जा आदी स्थानका व्यापारीहरु मुस्ताङ ओईरिएका छन् ।च्याङ्ग्रा खरिदका लागि आएका उनीहरु स्थानीय व्यापारीहरु संग मोलतोल गरेको दृष्य देख्न पाईन्छ ।भेडा–च्याङ्ग्राको व्यापारका लागि मुस्ताङ आएका हेमजा कास्कीका भानुभक्त भण्डारीले गतवर्षको तुलनामा यसवर्ष १० प्रतिशतले मुल्य बृद्धि भएको अनुमान गरे ।उनले स्थानीय सरकारको निति नियम अनुसार कर लगाउने भएकाले बजारिकरण स्थल सम्म पुग्दा उपभोक्तालाई महङ्गो पर्न सक्ने उल्लेख गरे ।

‘जोमसोममा ल्याईएका स्तरिय च्याङ्ग्राको २१ देखि २३ हजार सम्म र भेडाको १६ देखि १९ हजार सम्म स्थानीय व्यापारीले मुल्य तोकेका छन् ।समय अनुकुल भेडा–च्याङ्ग्राको मुल्य महङ्गो भएको हुनसक्छ ।’उनले भने ।उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका २ छोसेरका स्थानीय च्याङ्ग्रा पालक कृषक ढाकु गुरुङले यसपटक पनि घरैमा पालेका १ सय ५० च्याङ्ग्रा जोमसोम ल्याएका छन् ।उनले लोमान्थाङ गाउँपालिकामा प्रति भेडा च्याङ्ग्राको निकासीकर ५० रुपैया तिरेको जनाए । यसरी ल्याएका चौपायहरु जोमसोममै तलका व्यापारीले बिक्री गर्ने गरेको सुनाए ।तर प्रशासकिय अधिकृत शुशिल अर्यालले गाउँपालिकाले यसपटक निकासी कर उठाउने बारे निर्णय नगरेको बताए ।

यसपटक वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीले भेडा–च्याङ्ग्रा निकासी करको टेन्डर गरेको छ ।गाउँपालिका भित्रै उत्पादन भएका चौपायाहरुको कर उठाउने गाउँपरिषदले निर्णय गरेको प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाले प्रति याक भालेको १ हजार,पोथी याकको ५ सय र भेडा–च्याङ्ग्रा प्रति गोटा १ सय तोकेको हो ।घरपझोङ गाउँपालिका चरिचरन कर प्रति गोटा ५ रुपैया उठाउने निर्णय गरेपनि टेन्डर हुननसक्दा कार्यान्वयन भएन ।त्यस्तै,थासाङ गाउँपालिकाले यसवर्ष चौपायाको निकासी कर नलिने जनाएको छ ।

तिब्बततीरका भेडा–च्याङ्ग्रा कोरला वैकल्पिक खुल्ला मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् । गतवर्ष कोरलाको २४ नम्बर पिल्लर हुँदै १ सय ६० मात्र भेडा–च्याङ्ग्रा भित्रिएका थिए ।

नेपाल खाद्य संस्थानले मुस्ताङबाट १ हजार च्याङग्रा खरित्न लागेको छ ।राजधानीको मागलाई सहयोग पु¥याउन तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले खाद्य संस्थान मुस्ताङ शाखाले च्याङ्ग्रा खरित्ने तयारी गरेको शाखा प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्णय अनुसार यसवर्ष खाद्य संस्थानले जिउँदो च्याङ्ग्राको प्रतिकेजी ५ सय ३० मा खरित्न भएको छ ।

त्यस्तै, जोमसोम देखि बेनी सम्मको ढुवानीकर्तालाई प्रति गोटा च्याङ्ग्राको २ सय १५ रुपैया तिर्ने जनाएको छ ।खाद्यले शनिवार देखि च्याङ्ग्रा खरित्ने र २६ गते संस्थानको केन्द्रिय कार्यालयमा लगेर बिक्री गरिने शाखा प्रमुख शाहले बताए ।उनले खाद्यले दशै पर्वलाई लक्षित गरेर गरिव तथा बिपन्न समुदायलाई राहत प्रदान गर्ने उद्देश्य रहेको जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ