बागलुङ । काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको मृत्यु भएको छ ।
आज बिहानै जंगलमा घाँस पर्सेउला लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए ।
यस दु:खद घटना पछी घटनास्थलको अवस्था तनावपूर्ण बनेको छ । बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुई युवतीको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि आक्रोशित जनसमूहले जबसम्म विद्युत प्राधिकरणले घटनाको जिम्मा लिँदैन तबसम्म शव उठाउन नदिने अडानमा रहेका छन् ।
धेरै पहिले देखि विद्युत पोल माथि रहेको तार अडाउने ठाउँबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमिनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जानसक्ने भएकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकोले आज यस्तो दुखद घटना घट्न पुग्यो भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् ।
बिद्युत पोलहरु जीर्ण रहेको र प्राधिकरणले समयमै त्यस्को उचित व्यवस्थापन गर्न नसक्दा आजको दुखद घटना घटेको स्थानीयको भनाई रहेको छ ।
भरत सापकोटा/ ebaglung.com बाट साभार
सम्बन्धित खबर
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग