जब गोरखामा खोरको ढोका फोरेर चितुवाले एकैदिन १० वटा बाख्रा मार्याे . . .

जब गोरखामा खोरको ढोका फोरेर चितुवाले एकैदिन १० वटा बाख्रा मार्याे . . .

chituwa

पोखरा । गोरखामा चितुवाले एकैदिन खोर भित्र थुनेर राखेको १० वटा बाख्रा मारेको छ । मंगलबार राति चितुवाले गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङका नेत्रबहादुर बास्ताकोटीको खोरमा थुनेर राखेको १० वटा बाख्रा मारेको हो ।

गाउँमा एकैदिन एउटै घरको खोरमा थुनेर राखेको बाख्रा चितुवाले मारेपछि स्थानीय आतंकित बनेका छन् । ‘खोरमा १३ वटा बाख्रा थ्यो । १० वटा चितुवाले खाएछ, ३ वटा जिउँदै छन्’ उनले भने, उनले भने, ‘राति थुन्ने बेला राम्ररी ढोका लाको थिएँ । बिहान उठेर खोरमा हेर्दा जताततै रगत दखेँ, खोर पनि खुल्लै थियो । खोरको ढोका फुटाएर खाएछ ।’

चितुवाको आक्रमणबाट १० वटा बाख्रा मारिँदा करिब डेढ लाख क्षति भएको उनी बताउँछन् ।प्रहरीले घटना स्थलको मुचुल्का उठाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ