कुकुर र चितुवाको दोहोरो भिडन्त हुँदा चितुवाको मृत्यु

कुकुर र चितुवाको दोहोरो भिडन्त हुँदा चितुवाको मृत्यु

chitiuwa

तस्वीरः राम क्षेत्री, पालुङटार ९ सेरा

गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ झोर्लेको बनमा कुकुर र चितुवाको दोहोरो भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । स्थानीय फुचुङ लामाको बाख्रा फारममा आक्रमण गर्न आएको चितुवालाई कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यु भएको हो ।

बाख्रा फाराममा साना ठूला गरी ६ वटा कुकुर थिए । चितुवाले आक्रमण गरेपछि सबैले एकसाथ प्रत्याक्रमण गरेको फारामका सञ्चालक लामाले जनाएका छन् । चितुवासँग भिडन्त गरेको कुकुर पनि चितुवालाई मारेपछि मरेको स्थानीयले जनाएका छन् । बाख्रा खान आएको चितुवाको भिडन्तमा परि टाउको र घाँटी छियाछिया भएको छ । कुकुर र चितुवाको दोहोरो भिडन्त हुँदा दुई ओटा कुकुर पनि घाइते भएका छन् ।  उक्त मरेको चितुवा वन कार्यालयको जिम्मा लगाएर गाड्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाइएको छ । ।

स्रोत: दरौँदी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ