लमजुङ ज्यामिरेका बालबालिकाद्वारा भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकालाई प्रदान

लमजुङ ज्यामिरेका बालबालिकाद्वारा भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकालाई प्रदान

sahayog-2

श्यामशितल परियार, लमजुङ । लमजुङका बालबालिकाले देउसी–भैलो खेली संकलन भएको पैसा द्धन्द्धपीडित बालबालिकालाई प्रदान गरेका छन् । बेसीशहर नगरपालिका–२, भकुण्डे ज्यामिरेका बालबालिकाहरुले तिहारमा देउसी–भैलो खेली संकलन भएको रकम बेसीशहरमै रहेको आदर्श महिला तथा बाल विकास केन्द्रमा रहेका द्धन्द्धपीडित बालबालिकाहरुलाई प्रदान गरेका हुन् ।

तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको १९ हजार १ सय ८० रुपैयाँ बाल विकास केन्द्रलाई प्रदान गरिएको देउसी–भैलो समूहका युजन धितालले बताए । उनका अनुसार १२ जना बालबालिकाको एक समूहले भैलो खेलेको हो ।

‘परम्परागत रुपमै देउसी–भैलो खेलेर जम्मा भएको पैसा अन्य प्रयोजनमा खर्च गर्न मन भएन । संकलित पैसा सामाजिक सेवामा खर्च गर्नु उत्तम हो भन्ने लाग्यो । त्यसैले भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकाहरुलाई प्रदान गर्यौँ,’ उनले थपे ।

संकलित पैसा बालबालिकालाई प्रदान गर्न पाउँदा खुशी मिलेको देउसी–भैलो समूहकी सुजा थापाले बताइन । उनका अनुसार यस समूहले अघिल्लो वर्ष देउसी–भैलो खेली जम्मा भएको १४ हजार ७ सय ३० रुपैयाँ पनि द्धन्द्धपीडित बालबालिकाहरुलाई नै सहयोग गरेको थियो ।

देउसी–भैलो समूहकी करुणा धितालका अनुसार समूहले विगत ४ वर्षदेखी देउसी भैलोबाट संकलन भएको रकम आदर्श महिला तथा बाल विकास केन्द्रलाई सहयोगस्वरुप प्रदान गर्दै आईरहेको छ । बालबालिकाहरुले भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकालाई सहयोग गरी एउटा राम्रो सन्देश दिएको भन्दै बेसीशहर नगरपालिका वडा नं २ का वडाध्यक्ष गणेश कडेँलले खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ