दोस्रो दुधपोखरी युथ कप मंगलबारदेखि

दोस्रो दुधपोखरी युथ कप मंगलबारदेखि

dudh

लमजुङको क्होलासोंथर गाउँपालिका ६ मा दोस्रो दुधपोखरी युथ कप हुने भएको छ । यही वैशाख ३१ गते मंगलबारदेखि सुरु हुने प्रतियोगिता जेठ ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

बाबा गाइज र दीप ज्योति रोधी परिवारको आयोजनामा प्रतियोगिता हुन लागेको हो । विजेताले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मोहन गुरुङले जनाए ।

अध्यक्ष लोकराज गुरुङका अनुसार प्रतियोगिताका लागि टीम दर्ता भइरहेको छ । खेलकुद विकासमा हाम्रो प्रतिबद्धता नाराका साथ दोस्रो वर्ष पनि प्रतियोगिता आयोजना गरेको सचिव कल्याण गुरुङको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ