शिक्षा क्षेत्रमा अत्याधिक राजनीतिकरण भएर शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ : मुख्यमन्त्री गुरुङ

शिक्षा क्षेत्रमा अत्याधिक राजनीतिकरण भएर शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ : मुख्यमन्त्री गुरुङ

IMG_20190223_133020
किरण श्रेष्ठ, तनहुँ । शिक्षा क्षेत्रमा अत्याधिक राजनीतिकरण भएर शिक्षा क्षेत्र अस्तव्यस्त भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । “शिक्षा क्षेत्रमा राजनीतिकरण अत्याधिक त्यसमाथि पनि पार्टीकरणले गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त नै भएको छ ।”, मुख्यमन्त्री गुरुङले भने ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादि स्थित महेन्द्र माविमा शनिबार देखी सुरु भएको शैक्षिक तथा धार्मिक महामहोत्सव एवं ऐतिहासिक संगीतमय लिलामय श्रीमदभागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको अवसरमा बताएका हुन ।
“शिक्षाको दायित्व उठाउने विद्यालय व्यवस्थापन समितिमा राजनीति हुनुहुदैन”, मुख्यमन्त्री गुरुङले भने ।
हाम्रो शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने र शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको गुरुङले बताए । सिपमुलक शिक्षा दिनुपर्ने आजको आवश्यकता रहेको गुरुङले बताए ।
अब गण्डकी प्रदेश सरकारले आफ्नो अधिकार अनुसार प्रविधिक शिक्षा प्रणाली लागु गर्ने योजना बनाएको उनको बताए । “व्यवसायिक र प्राविधिक शिक्षा आजको आवश्यकता हो, मुख्यमन्त्री गुरुङले भने ।”
“शिक्षा जस्तो एकेडेमिक ठाउँमा राजनैतिक पार्टीहरुको आ-आफ्नो भागबन्डा रहेको छ ।” “यो एकदमै गलत हो ।”, मुख्यमन्त्री गुरुङले भने ।
पुरानो पाठ्यक्रम अहिले परिवर्तन गरि नयाँ प्राविधिक र सिपयुक्त पाठ्यक्रम ल्याउनुपर्छ सो अवसरमा मुख्यमन्त्री गुरुङले भने । गण्डकी प्रदेश सरकार शुन्यबाट सुरु भएकोले त्यसैले यो १ वर्षमा आगामी ४ वर्षको लागि काम गर्ने आधार तयार गरेको मुख्यमन्त्री गुरुङले बताए ।
१ वर्षको अवधीमा गण्डकी प्रदेश सरकारले २५ वटा कानुन र विभिन्न कार्यविधि निर्माण गरेको गुरुङले बताए । बेरोजगारी, पछौटेपन र अधिकारका लागि संघीयता आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ