पोखरामा नक्कली नोटसहित दम्पति पक्राउ, ड्युक चढेर ठग्थे

पोखरामा नक्कली नोटसहित दम्पति पक्राउ, ड्युक चढेर ठग्थे

nakkali-note.jpeg

पोखरामा एक दम्पति नक्कली नोट सहित शपक्राउ परेका छन् । मकवानपुर हेटौंडा घर भई पोखरा ५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा र उनकी २५ वर्षीया श्रीमती सरस्वती बलामी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरूले पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा रिचार्ज कार्ड किन्ने र नक्कली नोट दिने गरेकाे पाइएकाे छ । उनीहरूले प्रयाेग गर्ने ड्युक बाइक पनि नियन्त्रणमा लिइएकाे छ । बाइक नम्बर ग १४ प ३५४ नम्बर हाे ।

उनीहरुको साथबाट १ हजारको नोट १९ थान, १ थान नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर , ९० हजार रुपैयाँ बराबरको एनटिसी र एनसेएलको रिचार्जकार्ड , एउटा ल्यापटप, २ वटा मोबाइल र दुई थान पाँच सयको भारतीय नोट बरामद भएको प्रदेश प्रहरीले जनाए । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ