दुर्घटनामा गण्डकी प्रदेशका नवलपुर, स्याङ्जा, तनहुँ, पर्वत, गोरखामा आज ७ जनाको मृत्यु, ९८ घाइते

दुर्घटनामा गण्डकी प्रदेशका नवलपुर, स्याङ्जा, तनहुँ, पर्वत, गोरखामा आज ७ जनाको मृत्यु, ९८ घाइते

acc aabu nari

गण्डकन्यूज, ४ कार्तिक । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा आज भएका फरक फरक सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९८ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । दशैं मानेर कार्यक्षेत्र तिर फर्कदैं गर्दा दुर्घटनामा परेको हो ।

नवलपुरः सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाहुनिकुना स्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ईटहरीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८४५४ नं. को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा बसमा सवार ५० जना मध्ये ५ जनाको घटनास्थलमा नै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी बस्ने २७ वर्षीय रामजित राई, सुनसरीका ३२ वर्षीय अव्दुल अन्सारी, भारतको बिहार बस्ने विद्यानन्द यादव, भारतको ग्ए गोरखपुरका दिपक पाशवन साथै थप एक जनाको सनाखत हुन सकेको छैन । घाइतेहरु मध्ये ३९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

स्याङ्जाः जिप दुर्घटनामा १ जनाको मृत्यु, १९ जना घाईते

स्याङ्जाको गल्याङ नगरपालिका ७ गल्याङ पिढिखोला भित्री सडक खण्डको गारन्दीमा सिरौसाबाट गल्याङतर्फ आउदै गरेको लु१ज ३३८० नं. को पिकअफ जिप ब्रेक फेल भई सडक देखी अन्दाजी १० फिट तल खस्दा एक जनाको मृत्यु भएको छ । अन्य २० जना घाईते भएका छन् ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ०७ का ३२ वर्षीय राम प्रसाद भण्डारी रहेका छन् । घाईतेहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ ।

तनहुँको आँबुखैरेनीमा बस दुर्घटनाः ३२ जना घाइते

तनहुँको आँबुखैरेनीमा आइतबार दिउँसो बस दुर्घटनामा परी ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीसहरबाट नारायणघाट तर्फ जाँदै गरेको ना ४ ख ७८४१ नम्बरको बस आफै अनियन्त्रित भई पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ नारीघाटमा बस खेततिर झरेको हो ।

बस सडकबाट ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइतेहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनी र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सवारी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गोरखाः सवारी दुर्घटना

गोरखा नगरपालिका ९ खोल्खोलेमा गोरखाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ५ ख ५०३६ नं.को बसले विपरित दिशाबाट आउँदै गरेको ग १४ प ३१८२ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटरको पछाडि सवार महिला घाईते भएकी छन् । सिन्धुपालचोक त्रिपुरा नगरपालिका ३ बस्ने ३३ वर्षीया शोभा बस्नेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाईएको प्रदेश प्रहरीले जनाएको छ ।

नवलपुरः सवारी दुर्घटनामा २ जनाको घाइते

नवलपुरको कावासोती नगरपालिका ८ पुरानो कावासोती स्थित लु २ ख १११५ नं.को बसले लु ३७ प २८६६ नं. को स्कुटरलाई ठक्कर दिंदा देवचुली नगरपालिका १६ रजहर बस्ने २८ वर्षीया संगम पौडेल र बुटवल उपमहानगरपलिका १३ देविनगरकी २८ वर्षीया आरती पोख्रेल घाईते भएका छन् ।

पर्वतः सवारी दुर्घटनामा ४ जना घाइते

पर्वतको बिहादी गाउँपालिका ५ उराम स्थित पैयुँकोटबाट स्याङजाको वालीङतर्फ जाँदै गरेको लु१ज २५५१ नम्बरको जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १७ जना मध्ये ४ घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हुवास उपश्वास्थ्य चौकी पर्वत पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ