गोरखामा विद्युत आपूर्ति अवरुद्ध

गोरखामा विद्युत आपूर्ति अवरुद्ध

electricity

गोरखा । गोरखामा सोमबार साँझदेखि विद्युत अवरुद्ध भएको छ । सोमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको शव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो ।

६/८ एमभीए क्षमताको ट्रान्सफर्मरमा क्षति पुगेसँगै जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा वन्द भएको प्राधिकरणका इन्जिनियर कृष्ण कँडेलले बताए । सरकारी कार्यालय, वित्तीय संस्थालगायतका काम प्रभावित बनेको छ ।

सञ्चार क्षेत्र पनि प्रभावित छन् । मर्मतका लागि पोखराको प्राविधिक टोली बोलाइएको छ । ‘अरु समस्या भए साँझ सम्म बन्छ, ट्रान्सफर्मर नै जलेको भए बनाउन हेटौडा पठाउनुपर्छ, केही दिन लाग्न सक्छ,’ इन्जिनियर कँडेलले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ