गाेरखा प्रहरीकाे फेसबुकबाटै उत्तेजक तस्विर पाेष्ट भएपछि…

गाेरखा प्रहरीकाे फेसबुकबाटै उत्तेजक तस्विर पाेष्ट भएपछि…

gorkha police

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा सोमबार बेलुका साढे ८ बजे प्रोफाइल र कभर तस्वीर परिर्तन  भए । ती तस्वीर भने अश्लिल छन् । २०१६पछि सोमबार पहिलो पटक एक्टिभ देखिएको यो फेसबुक पेजमा एकाएक अश्लिल तस्वीर पोस्ट भएपछि गोरखा प्रहरी पनि हैरान भएको छ ।

प्रहरीसँग यो फेसबुक पेजको पासवर्ड नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका असई महेन्द्र चौधरीले बताए । उनले सोमबार साँझ यो घटना भएको भन्दै मंगलबार यो विषयमा छानविन हुने बताए । उनले यो फेसबुक पेज धेरै पहिला बनेको भन्दै त्यसपछि सरुवा भएर धेरै प्रहरी अधिकारी गइसकेकाले यसको पासवर्ड जिप्रकासँग नरहेको बताए ।

फेसबुक पेजमा २०१६ अक्ट्युवर ४ तारिखमा प्रहरी दिवसका अवसरमा आयोजित खेलकुद कार्यक्रममा तस्वीर पोस्ट गरिएका छन्। त्यसयता करिब ३ वर्षपछि सो फेसबुक पेजमा प्रोफाइल र कभर तस्वीर परिवर्तन भएका हुन् । ती परिवर्तन भएका तस्वीरहरु अश्लील छन् । यो फेसबुक पेजमा ६ हजार दुईसय ४ जनाले लाइक गरेका छन् ।

– डिसीनेपाल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ