साथीहरु सँगै रक्सी खाए, तीन जना मिलेर सन्तोषको हत्या गरे

साथीहरु सँगै रक्सी खाए, तीन जना मिलेर सन्तोषको हत्या गरे

parbat-1

सँगै टिल्ल हुने गरी रक्सी खाएर घर हिँडेका तीन जनाले आफ्नै साथीको हत्या गरेपछि कानुनानुसार कारबाहीका लागि प्रहरी खोरमा जाक्किएका छन् ।

पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद वि.क.को हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । गत चैत १२ गते रक्सीको नसामा आफ्नै साथीको हत्या गरेका २३ वर्षीय दलबहादुर नेपाली, २३ वर्षकै रविन सुनार र २६ वर्षीय कृष्णबहादुर सुनार प्रहरी हिरासतमा छन् ।

राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका उनीहरुले विवाद भएपछि चित्रेको नेपानेमा रहेको सादी खोलामा उनीहरूले गङ्गाबहादुरको हत्या गरेर नाङ्गै बनाएर फालेका थिए ।

राति नै नेपानेमै रहेको सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा डिएसपी भुवनेश्वर तिवारी सहितको टोलीले दलबहादुर र रविनलाई पक्राउ गरेको थियो । फरार कृष्णबहादुर पनि नेपानेकै जङ्गलबाट शुक्रवार बिहान पक्राउ गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ