चिसोसंगै पर्यटकले गर्मियो मुस्ताङ

चिसोसंगै पर्यटकले गर्मियो मुस्ताङ

g

सुन्दरकुमार थकाली, मुस्ताङ । बिस्तारै चिसो मौसमको सुरुवात भएसंगै मुस्ताङ पर्यटन व्यवसाय एकाएक गर्मिन थालेको छ ।केही वर्षयता हिमालपारी मुस्ताङको चर्चा चुलिदै गएसंगै पर्यटकको रोनक थपिएको हो ।

ऐतिहाँसिक,धार्मिक ,तथा सांस्कृतिक सम्पदा मात्र नभई यहाँको फरक भूगोलका कारण अन्य जिल्ला भन्दा मुस्ताङ फरक छ ।पछिल्लो समय उत्तरी कोरलानाकाको पनि उक्तिकै चर्चा छ ।जसकारण बिदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको मुस्ताङ क्रेज बढेको हो ।

दुईसाता अघि तीर्थालुहरुको आगमनले मुस्ताङ महोत्सवमय रह्यो ।बडा दशै सोह्श्राद्ध तिथिको अवसर पारेर देशभरका स्वदेशी तिर्थालु मुस्ताङको कागबेनीमा पीण्डदान गर्न ओईरिए ।आफ्ना स्वर्गिय परिवारका सदस्यका नाममा श्राद्ध तथा तर्पण दिने लगायत कालिगण्डकीको दोभानमा स्नान गर्ने तिर्थालुको ठुलो भीडले मुस्ताङको पर्यटन माहोल गर्मियो।कागबेनीमा पीण्डदान गर्ने उद्देश्यले मुस्ताङ आएका उनीहरुको दोश्रो रोजाई मुक्तिनाथ बन्यो।पितृको नाममा कर्मकाण्ड सकेर तिर्थालुले मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गर्न भ्याए।यो सिजन १६ श्राद्ध तिथिको सेरोफेरोमा मात्रै करिव २० हजार तीर्थालु मुस्ताङ भित्रिएको घाँसा प्रहरी चेकपोष्टले जनाएको छ ।सोही समय भेडा च्याङ्ग्राको बजारले पनि जोमसोमको माहोल उत्कर्षमा पुग्यो ।थासाङ गाउँपालिकाको घाँसा देखि मुक्तिनाथ सबै साना ठुला होटलहरु समेत तीर्थालुले भरिएका थिए ।

सोह्श्राद्ध रौनक सकियो ,तर मुस्ताङमा पर्यटकको चाप थामिएन ।जब दसै पर्वको पहिलो घटस्थापन सुरुआत भयो फेरी यहा स्वदेसी फरकधारका पर्यटकको बेग्लै पर्यटकिय माहोल सूरु भईरहेको छ ।अक्सर दसै– तिहार तथा छट पर्वका अवसरमा सरकारी तथा गैरसरकारी निकाय तथा बिद्यालयलाई सरकारले लामो सार्वजनिक बिदा उपलब्ध गराउने गर्छ ।त्यसो त बिदेसमा बस्ने नेपालीहरु पनि दसैमा टिका लगाउन जन्मथलो फर्कने गर्छन् ।दसै–तिहार तथा छट पर्वको लामो बिदाका कारण अहिले एकथरी यूवापंक्तिलाई घुमघामको मौसम सूरु भएको छ ।यसरी घुम्नेक्रममा यतिबेला सबैको रोजाई बनेको हो हिमालपारि मुस्ताङ ।

मुलुकभरका बिद्यालय तथा क्याम्पसमा पढ्ने यूवायूवतीको समूह,विभिन्न सरकारी तथा गैरसकारी निकायमा कार्यरत कर्मचारी,बैङ्क तथा बिक्तिय संस्थाका कर्मचारी बिदेसीएका नेपाली तथा विभिन्न व्यवसायमा आवद्ध नेपालीहरुको घुमफिर गर्ने केन्द्र बनेको हो मुस्ताङ ।दसैको टिका सकिए लगत्ते अहिले जोमसोमका होटलहरु आन्तरिक पर्यटकले भरिएका हुन् ।वर्षौवर्ष सम्म आफ्नै काममा खटिएर दिक्क भएका नेपालीहरु यो समय घुमेरै रमाउने गरेको पाईएको छ ।

दसैको टिका सकिए लगत्तै अहिले मुस्ताङमा नेपाली आन्तरिक पर्यटकको घ्ुईचो बृद्धि भईरहेको छ ।मुस्ताङमा भर्खर चिसो मौसम सूरुहुँदा स्वदेशी पर्यटकको माहोलले एकाएक यहाको माहोल गर्मिएको हो ।जसकारण यहा स्थानीय व्यवसायी हौसिएका छन् ।शनिबार र आईतबार मात्रै मुस्ताङमा ५ हजार बेसी नेपाली पर्यटक मुस्ताङ भित्रिएको जोमसोम ट्राफिक कार्यालयको अनुमान छ ।कार्यालयका अनुसार २ दिनमा करिव ५ सय बढी मोटरसाईकल,२सय८७ जीप र ३८ बस जोमसोम भित्रिएका हुन् ।त्यस्तै तेश्रो मुलुकका पर्यटकहरुको पनि यो समय घुमफिरको सिजन सूरु भएको हो । अन्नपूर्ण पदमार्ग हुदै यतिबेला दैनिक २ सयको संख्यामा बिदेसी पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षणक्षेत्र एक्याप जोमसोमले जनाएको छ ।

चाडपर्वको लामो बिदाको मेलो छोपेर उपल्लो मुस्ताङ भ्रमण गर्ने नेपाली पर्यटकको उक्तिकै फलो बढिरहेको छ ।जसमा अधिकास नेपाली यूवापंक्ति छन् ।कोरलानाका ,लोमान्थाङ दरबार, छोसेर गुफा र प्राकृतिक भूगोल नियालेर स्वदेसी तथा बिदेसी पर्यटक दङ्ग पर्छन् ।मुक्तिनाथको दर्शन गर्न आएका एकथरी स्वदेसी पर्यटकले भने ठिनीमा रहेको ढुम्बाताल अवलोकन गर्न छुटाउदैनन् ।

नेपाली चलचित्रको छाँयाङ्कनले गर्दा नेपाली पर्यटकका माझ लोकप्रिय बन्दै गईरहेको हो ।‘यो समय बिदाको फुर्सदिलो समय हो,यहाँ आएका सबैले सेल्फी तस्विर खिचेर आनन्द लिन्छनन् ,’ढुम्बालेक रेष्टूरेन्टका संञ्चालक अजित गुरुङले भने,‘ढुम्बालेक अवलोकन गर्ने उपयूक्त सिजन भएकाले दैनिक ४ सय स्वदेसी पर्यटक र १ सय ५० बिदेसी पर्यटक आउने गरेका छन् ।यो रफ्तार छटपर्व सम्म कायम रहन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ