लमजुङको मस्र्याङ्दी महोत्सवको अवसरमा घनपोखराको थाम्रोभिरमा ‘हनि हन्टिङ’: दर्शकले रुचाए

लमजुङको मस्र्याङ्दी महोत्सवको अवसरमा घनपोखराको थाम्रोभिरमा ‘हनि हन्टिङ’: दर्शकले रुचाए

honey hunting1

श्यामशितल परियार, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–२, घनपोखराको थाम्रोभिरमा ‘हनि हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ । प्रथम मस्र्याङ्दी महोत्सवको अवसरमा थाम्रोभिरमा महशिकार गरिएको हो । पर्यटन प्रवद्र्धनको लागि महशिकार लाई महोत्सवको एक मुख्य आकर्षण बनाईएको आयोजकले जनाएको छ ।

३५ वर्षे बद्धिबहादुर गुरुङ, ३० वर्षे रुद्धबहादुर गुरुङ र ४६ वर्षे भक्तबहादुर गुरुङले कहालीलाग्दो भीरमा महशिकार गरेका हुन् । छङ्गाछुर भीरमा डोरीकै भरमा महशिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । महशिकार हेर्ने दर्शकको घुइँचो नै लागेको थियो । महशिकार गरेको हेर्न रमाईलो हुन्छ ।

तर महशिकार गर्न निकै कठीन हुन्छ । ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ महशिकारीले मात्रै महशिकार गर्न सक्छन् । महशिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाईलो अनुभूती भएको नौथरका युवराज अधिकारीले बताउनुभयो । महशिकार हेर्न थाम्रोभीरमा पुगेका दर्शकले महशिकार मात्र हेरेनन् ।

भीर मह समेत खरीद गरेका छन् । महशिकार गरेकै स्थलमा प्रतिमाना ७ सय रुपैयाँका दरले ४० माना मह बिक्री भएको छ । प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार ।
कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गएको मंसिर ३ गतेबाट सञ्चालन भएको हो । महोत्सवको बिहिबार समापन गरिएको छ ।

मौलिक, कला, धर्म–सँस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ