कावासोतीमा बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, ३२ जना घाइते : ११ जनाको अवस्था गम्भीर

कावासोतीमा बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, ३२ जना घाइते : ११ जनाको अवस्था गम्भीर

नवलपुर । बस र ट्रक एकआपसमा ठोक्किदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा शनिबार बिहान साढे ३ बजेको समयमा दुर्घाटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएकाे जानकारी अनुसार शनिबार विहान नेपालगन्जबाट काठमाडौं तर्फ जादै गरेकाे ना ७ ख ५६२९ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जादै गरेकाे ना ६ ख ७७१९ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बसका चालक बाँके काेहलपुर-४ बस्ने २३ वर्षिय सुरज विक तथा साेहि बसमा सवार कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने २४ वर्षिय लक्ष्मण थारुकाे उपचारकाे लागि अस्पताल लैजादै गर्दा मृत्यु भएकाे हो ।

यसैगरी घाइतेहरूकाे मध्यविन्दु अस्पताल कावासोती, कालिगण्डकी कावासोतीमा मा उपचार भैरहेको तथा गम्भिर घाइते हरुलाई भरतपुर अस्पातल चितवनमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, चार जनाको मध्यविन्दु अस्पताल डण्डामा र १७ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ