मनाङमा हिमपातका कारण खानेपानीमा समस्या, पानि जमेर बरफ बन्यो (फोटो सहित)

मनाङमा हिमपातका कारण खानेपानीमा समस्या, पानि जमेर बरफ बन्यो (फोटो सहित)

kan3

नेगम परियार, मनाङ । मनाङमा हिमपात सुरु भएसंगै खानेपानीमा समस्या आएको छ । बर्षे पिच्छे हिमपातको समयमा मनाङ जिल्लामा खानेपानीमा थप समस्या हुने गर्दछ ।

हिमपात भए पछि खानेपानीको ट्याङ्की नै जम्ने र पानी पनि पाईपमा नै जम्ने भएकोले खाने पानीमा समस्या आउन थालेको स्थानीय बासीहरुको भनाई छ । गत बिहिबारको रातभरको भारी हिमपातका कारण खाने पानीमा थप समस्या आएको हो ।


बिहान उठनै सकिन्न जाडोले गर्दा त्यसै माथी उठनु बित्तिकै भाडा माझनु पर्छ, धारामा पानी पनि आउदैन, बेलुका नै भरेर राखौ भने फेरी भाडामानै जमेर बरफ हुन्छ । धारामा पानी नआउदा सारै समस्या भएको बताउछिन स्थानीय धनमायाँ बि.क । बिहान पानी नआउने र दिउँसो घाम लागे मात्र आउने गर्दछ खानेपानीको धारामा पानी । धारामा खानेपानी आउनको लागी घाम कुरेर बस्नु पर्ने बाध्यता रहेको बि.क.ले बताईन ।

बि.क.ले भने झै मनाङमा हिमपात सुरु भए पछि यस्तै समस्या भोग्नु बाध्यता नै हो । कि त हिमपात नभएको बेला कित घाम लागे पछि त्याङ्कीमा जमेको बरफ र पाईपमा जमेको बरफ पग्लन्छ अनि मात्र आउछ धारामा पानी । वर्षमा एक पटक खानेपानीमा समस्या जहिले हुने भएकोले कुनै नयाँ नलागेको बि.क.ले बताईन ।

यो पनि पढ्नुहोस :

मनाङमा रातभर हिमपात (फोटो फिचर)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ