अब पोखराको लेकसाइड भित्रने मार्ग यसरी सिंगारिने भो

अब पोखराको लेकसाइड भित्रने मार्ग यसरी सिंगारिने भो

lakeside-pokhara

पर्यटकीय सहर पोखराको केन्द्रस्थल लेकसाइड प्रवेश गर्ने मार्ग आकर्षक बनाउन थालिएको छ । सबै खालका पर्यटक र स्थानीयलाई सडकयात्रा सहज र रमाइलो बनाउने गरी सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले सडक निर्माण थालेको हो । सो सडक निर्माणको जिम्मेवारी बिरुवा सिम्रन जेबीले पाएको छ । नयाँ पत्रिकाका लागि पोखराबाट पत्रकार गोविन्द सुवेदीले न्यूज लेखेका छन् ।

निर्माण कम्पनीले लेकसाइड प्रवेश मार्गको बिरौटा, मुस्ताङचोक र रत्नचोकबाट राष्ट्रबैंकचोक हुँदै सहिदचोकसम्म साइकल ट्र्याक, फुटट्र्याक र पोखराको ढल थेग्ने गरी नाला निर्माण गरिरहेको जनाएको छ । यस्तै, ड्यामसाइडदेखि रत्नचोक, ड्यामसाइदेखि बिरौटा र सहिदचोकदेखि मुस्ताङचोक गरी सडक सौन्दर्यकरणलाई तीन खण्डमा विभाजन गरेको निर्माण कम्पनीका प्रमुख बलबहादुर रानाले बताए । गुणस्तरीय निर्माण र काम समयमै सम्पन्न गराउन सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निगरानी गरिरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सूर्यप्रसाद बरालले जानकारी दिए ।

साढे दुई किलोमिटर क्षेत्रको सो सडकको सौन्दर्य बढाउन बिरुवा सिम्रन जेबीले ७ करोड २० लाख ३ हजार ३ सय दुई रुपैयाँमा ठेक्का लिएको थियो । आगामी ६ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी २ असार ०७४ मा सम्झौता भई काम सुरु भएको हो । हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीको दाबी छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निर्माता कम्पनीलाई अहिलेसम्म ३ किस्तामा जम्मा ३ करोड ९८ लाख ९७ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिएको आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी बरालले जानकारी दिए ।

यस्तो बन्नेछ संरचना

सहिदचोकदेखि मुस्ताङचोकसम्म ड्रेन (नाला) र त्यसमाथि १ दशमलब ५ मिटर चौडा साइकल ट्र्याक बनेको छ । ट्र्याकमा मार्बलजस्तै देखिने एउटै साइजका ढुंगा छापिएको छ । यसैगरी, १ दशमलव २५ मिटर चौडा फुटपाथ बनाइएको छ । त्यसमा पनि सामान्य मार्बलजस्तो देखिने ढुंगा छापिएको छ । यसमा २ सय ५० मिटर लामो रिटेनिङ वाल लगाइनेछ । १२ वटा सोलार लाइट जोडिने र ८० वटा बिरुवा रोपिने निर्माण कम्पनीले जनाएको छ ।

४ सय ४० मिटर लम्बाइमा यी संरचना बन्ने छन् । यसैगरी ड्यामसाईड देखि रत्नचोकसम्म मा सोइढंगले १३ सय मिटर लामो साइकल ट्रयाक र फुटपाथ बन्दैछ । २० थान सोलार बत्ती र २ सय वटा विरुवा उक्त स्थानमा रोकिने छन् । यसैगरी ड्यामसाईड देखि विरौटासम्म ८ सय ३४ मिटर लम्बाईमा साइकल ट्रयाक, डे«न र त्यसमाथि स्ल्याव राखेर फुटपाथ निर्माण गरिने छ । उक्त स्थानमा १ सय ६६ वटा विरुवा रोपिने छ भने, १५ थान सोलार बत्ति जोडिने छ । हरेक ५÷५ मिटरको फरकमा असोका र कपुर लगायतका विरुवा रोप्ने सम्झौता भएको ईन्जिनियर बरालले जानकारी दिए । ठेकेदार कम्पनीको काम प्रति कार्यालय सन्तुष्ट रहेको र यहिढंगले काम भए तोकिएकै समयभित्रै काम सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ