‘मारुनी’ प्रमोशन कन्सर्ट शुक्रबार पोखरा अमरसिंहचौरमा, पुष्प र साम्राज्ञी आउने

‘मारुनी’ प्रमोशन कन्सर्ट शुक्रबार पोखरा अमरसिंहचौरमा, पुष्प र साम्राज्ञी आउने

Maruni

पोखरा । मुलुकभर फिल्म प्रमोशनलाई तीब्रता दिएको मारुनी टीमले पोखरामा भदौ ६ गते शुक्रबार कन्सर्ट गर्दैछ । दिउँसो ३ बजेपछि पोखराको अमरसिंहचौरमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टमा मुख्य कलाकारहरु पुष्प प्रधान, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको उपस्थिति रहनेछ । त्यसअघि दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

यही भदौ १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ’मारुनी’को प्रचारप्रसार अहिले तीब्र गतिमा अघि बढेको छ । फिल्मको प्रचारप्रसार पनि फरक तरिकाले भइरहेको छ । फिल्म टीम काठमाडौँमा मात्र नभएर देशका विभिन्न शहरमा प्रचार गर्न व्यस्त छ । फिल्म प्रचारकै लागि विभिन्न शहरका सफारी देखि टेम्पोसम्म पोस्टर टाँसिरहेको छ ।फिल्मको दुइ गीत र ट्रेलर सार्वजनिक भईसकेको छ । सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले निकै मन पनि पराएका छन् । पोखरा, चितवन, इटहरी, नेपालगन्ज लगायतका सहरमा फिल्मका कलाकार र निर्माण टीम पुग्ने निर्मात्री पुनम गौतमले जनाएकी छिन् ।

फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट गर्दैछ भने सबै कन्सर्टमा फिल्मकी नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको उपस्थिति रहने छ ।भदौ ४ गते ईटहरीबाट कन्सर्ट सुरु भइसकेको छ । पोखरामा भदौ ६ गते आउँदैछ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह–निर्मातामा रहेका छन । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ