भारतको सारेगामापामा नेपाली चेली मेनुका पौडेलको चर्चा, विश्नभर चिनाउदैछिन नेपाललाइ (भिडियो सहित)

भारतको सारेगामापामा नेपाली चेली मेनुका पौडेलको चर्चा, विश्नभर चिनाउदैछिन नेपाललाइ (भिडियो सहित)

menuka p

काठमाडौ । नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगामापाको शीर्ष १५ मा पुगेकी छिन् ।

नेपालमा पहिलो पटक सारेगामापाको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ मा आफ्नो प्रस्तुती दिएपछि मेघा अडिसनको लागि छनौट भएकी थिइन् ।

आइतबार भएको मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको लुका छुपी गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन् । उनको प्रस्तुती पछि जजको रुपमा रहेका संगीतकार शेखर रबजानी र वाजिद खानले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।

आफ्नो प्रस्तुती दिनुअघि मेनुकाले मेघा अडिशनमा छनौट भएकोमा आफ्नो र पूरा नेपालको लागि यो खुसी कुरा भएको बताएकी छिन् ।

भारतकाे चर्चित रियालिटि साे सारेगामापाकाे इतिहासमै पहिलाे पटक नेपालीबाट सहभागीता जनाएकि उनले फेरी सबैकाे मन जितेकि छिन । पौडेलले सारेगामापाकाे अडिसनमा नै जाेडदार प्रस्तुति दिदै तहल्का मच्चाइरहेकि थिइन ।

अडिसन राउण्ड पार गरेकि उनले मेघा अडिसन समेत पार गर्दै टप १५ मा अाफ्नाे स्थान सुरक्षित गरेकि हुन । नेपालीको झापा जिल्लामा जन्मिएकि मेनुका दुबै अाँखाकाे पहुचबाट बाहिर छिन तर उनी भित्र जादुमय संगितकाे खुबि का साथै कलात्मक गायनकाे क्षमता रहेकाे छ ।

जसकाे कारण यतिबेला उनी निकै चर्चामा अाएकि छिन । नेपाल अाइडलबाट चर्चामा अाएकि मेनुकाकाे गायनलाई देश बिदेशमा बस्ने धेरैले रुचाएका छन । दृष्टिविहिन भएरपनि गित संगितमा राम्राे दख्खल भएकि मुनुकाकाे अडिसनकाे प्रस्तुतिले सारेगामापाका जजहरुले खुलेर तारिफ गर्नुका साथै जुरी जजहरु जर सबै अडियन्सले निकैबेर ताली बजाएर सम्मान समेत गरेका थिए ।

यतिमात्र नभएर जजहरुले उनकाे गायनमा अाखा रसाएका थिए । एकजना जजले तारिफ गर्दै तिम्राे गायनकाे जजमेन्ट गर्ने मेराे अौकात नभएकाे समेत बताएका थिए । मेनुककाे अडिसनकाे प्रस्तुति सामानिक संजाल भरी भाइरल भएकाे थियाे ।

देश बिदेशमा रहेका सबै नेपालीले यसपटककाे सारेगामापालाइ महत्वका साथ हेरेकाे समेत पाइन्छ । यसरी नेपाल र नेपालीकाे नाम उच्च गर्ने चेलीलाइ सम्मान स्वरुप सबैले सपाेर्ट गरौ । उनकाे अागिमी यात्रामा सबैले सहयाेग र माया देखाइदिन अावस्यक समेत रहेकाे छ ।

भिडियो :

https://www.facebook.com/aamatv1/videos/2191881444366764/

सम्बन्धित समाचार :

भारतीय शोमा मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ