अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०१९’ (भिडियो सहित)

अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०१९’ (भिडियो सहित)

miss nepal 2019

काठमाडौं– ‘मिस नेपाल वर्ल्ड  २०१९’ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । यस्तै, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् ।

बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । ‘ तपाइको विचार अधिकार र कर्तव्‍य कुन बढी जिम्मेवारी हुन्छ’ भन्‍ने प्रश्नको जवाफ दिएर मिस नेपालको उपाधि जितेकी हुन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिइन्।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् । यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्। उनलाई गत वर्षकी मिस नेपाल युनिभर्स मनिता देवकोटाले क्राउन पहिराइदिइन्। प्रदिप्ताले ‘मिस युनिभर्स’मा सहभागिता जनाउनेछन्। उनले नगद १ लाख नगद पनि प्राप्त गरेकी छन्।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्

यस्तै, मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।यस्तै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्‍याइदिएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्‍नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।

यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्‌को उपाधि रिया बस्‍नेत र ब्‍यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्यले पाइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ