म्याग्दीमा १२ वर्षपछि भारी हिमपात [फोटो फिचर]

म्याग्दीमा १२ वर्षपछि भारी हिमपात [फोटो फिचर]

myagdi_himpat

म्याग्दीमा १२ वर्षपछि तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको छ । गएराति परेको बर्षासँगै सदरमुकाम बेनी आसपासका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमपातले अधिकांश ग्रामीण सडकमा यातयात अवरुद्ध भएका छन् । हिमपातपछि चिसोले जनजीवन प्रभावित भएको छ । चिसोको कारण कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले सुरक्षा निकाय मार्फत आवश्यक सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

माथिल्लो भेगमा ४ फिट बढी र तल्लो क्षेत्रमा १ फिट सम्म हिमपात भएको छ । निरन्तरको हिमपातले धारामा पानी जमेपछि समस्या भएको धौलागिरि गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविका शिक्षक रुपेश सुवेदीले बताए । माथिल्लो भेगमा हरेक बर्ष हिमपात हुने भएपनि तल्लो क्षेत्रमा भने १२ बर्षपछि मात्रै हिमपात भएको हो । २०६३ सालको फागुनमा सदरमुकाम बेनीमासमेत हिमपात भएको थियो ।

  • कमल खत्री / म्याग्दी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ