पोखरा वडा १९ को भवन साढे २ करोडमा बन्दै

पोखरा वडा १९ को भवन साढे २ करोडमा बन्दै

wada 19 photo1

पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी वडा नम्बर १९ को वडा कार्यालय भवन शिलान्यास गर्दै ।

पोखरा, २१ मंसिर ।  पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् ।

लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख मानबहादुर जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए । ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘ यो जनताकै भवन हो, भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता गर्नुहुँदैन ।’ भवन निर्माण गर्दा वडाबासीलाई निगरानी र अनुगमन गर्न उनले आग्रह गरे ।

१५ महिनामा भवन निर्माण गरिसक्ने समय भएकाले त्यो भन्दा अगाडि नै निर्माण गर्न ठेकेदार कम्पनीलाई जिसीले निर्देशन समेत दिए । अत्यधुनिक भवन निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ वडाको ध्यान जानुपर्ने भनाइ उनको छ ।

कार्यक्रममा वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले २ करोड ४२ लाखको लागतमा २ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको बताए । उनले वडा कार्यालयको निर्माणसँग विकासको पूर्वाधारलाई प्राथमिकता राखिएको बताए । वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य कोपिला केसीले गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ