प्लाष्टिक निषेध गर्ने महानगरपालिकाको कार्यक्रममै प्लाष्टिकका थाल

प्लाष्टिक निषेध गर्ने महानगरपालिकाको कार्यक्रममै प्लाष्टिकका थाल

plastic (1)

पोखरा, फागुन २८ । पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । तर पोखरा लेखनाथ महानगरपालिकाले नै आफैले बनाएको नियम कार्यान्वयन गरेको छैन ।

प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल भने धेरै हदसम्म न्यून भएको छ ।

महानगरपालिकाको सोमबारको नगरसभामा प्लाष्टिकका थालमा खाजा खुवाईयो । अधिकांश जनप्रतिनिधी सहभागी कार्यक्रममा कसैले पनि प्लाष्टिकका थालबारे चासो राखेनन् । धेरैलाई यो बिषयमा हेक्का पनि भएन । जनप्रतिनिधीले नै प्लाष्टिकको थालमा मासु र नान हालेर खाए । तर थाल हटाउन कसैले निर्देशन दिएनन् नत सुझाव नै दिए ।

महानगरले आफ्नै नियम कार्यान्वयन नगरेपछि जनतालाई मात्रै लाद्न खोज्दा कार्यान्वयन हुन गाह्रो हुने सरोकारवालाहरु बताउँछन् । कार्यक्रममै केही पत्रकारले महानगरले गरेको नजरअन्दाज प्रति प्रश्न गरेका थिए ।

डिएनएनेपाल डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ