तनहुँ । तनहुँको दमौलीमा सोमबारदेखि ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको प्रतियोगिता खुल्ला मैदान परिसर र कभर्ड हलमा सञ्चालन भएको हो ।
तनहुँका १० वटै स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा पुरुष र महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो, एथलेटिक्स र उसु खेल संचालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए ।
जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले जानकारी दिए । त्यस्तै क्षेत्रिय प्रतियोगितामा बिजयी हुने प्रतियोगिले केन्द्रमा सहभागी हुन पाउने छ्न । जिल्लाबाट ७६ जना उत्कृष्ट खेलाडीले प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ्न ।
जिल्ला स्तरीय प्रतियोगिताको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका थिए । स्वास्थ्य र अनुशासित नागरिक बनाउन खेलकुद आवश्यक रहेको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले बताए ।
प्रतियोगिता २ दिनसम्म संञ्चालन हुने छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठ र गण्डकी प्रदेशका सांसद दोबाटे विक लगाएतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग