भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ ।
क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो । पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन् ।
मृतकको परिवारले रु सात लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने रु पाँच लाखबाहेक रु एक लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ ।
विवाद मिलाउन समिति
व्यास नगरपालिकाले व्यास नगरपालिका–१ को वडा कार्यालयसम्बन्धी विवाद मिलाउन नौ सदस्यीय समिति गठन गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरपालिकामा बसेको सरोकारवालाको बैठकले वडा कार्यालयको नयाँ भवन कहाँ बनाउने भन्ने सम्बन्धमा छलफल गरी राय सुझाव दिन समिति गठन गरेको हो ।
समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट चार, नेपाली काङ्ग्रेसबाट चार र एक इञ्जिनीयर रहेका छन् । समितिले कात्तिक १५ गतेसम्म सुझाव दिने छ । व्यास नगरपालिका–१ को स्थायी कार्यालय राख्नेबारे काङ्ग्रेस र नेकपाबीच विवाद छ । नेकपाले चारकुने तथा काङ्ग्रेस अन्यत्र कार्यालय राख्न् माग गर्दै आएको छ । विवादका कारण वडा कार्यालय भवन निर्माण हुनसकेको छैन ।
सम्बन्धित खबर
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग