शक्ति माविमा नेविसंघले गर्यो सरसफाई कार्यक्रम 

शक्ति माविमा नेविसंघले गर्यो सरसफाई कार्यक्रम 

43122659_348677835870251_5543782243366862848_n

 गोरखा ः नेपाल बिद्यार्थी संघ शक्ति माध्यामिक विद्यालय इकाईद्वारा बिद्यालय हाताभित्र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष रुप बाहदुर गुरुङ , सह सचिव सुबास अधिकारी तरुण दलका प्रबक्ता सन्तोष दवाडी ,नेविसंघका नेता मिलन सिह बस्नेत ,बिक्रम अधिकारी , दिनेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

उक्त सरसफाइ कार्यक्रममा सोही बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको बिद्यार्थी नेता बिक्रम अधिकारीले जानकारी दिए । नेपाल बिद्यार्थी संघले आगामी दिनहरूमा पनि बिद्यार्थीहरुको रचनात्मक क्षमतालाई बिकासगर्ने गरि विभिन्न सिर्जनात्मक कार्यक्रमहरु निरन्तरता दिने नेविसंघका अर्का नेता सुबास अधिकारीले बताए  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ