तेलको मूल्य ४ महिना यता कै महंगो, पहिलाको जस्तै तेल उत्पादन गर्न केही हप्ता लाग्नने

तेलको मूल्य ४ महिना यता कै महंगो, पहिलाको जस्तै तेल उत्पादन गर्न केही हप्ता लाग्नने

saudi arab

ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल प्रशोधन केन्द्रमा तेलको मूल्य बिगत चार महिनाकै उच्च बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारको शुरुवातमा कच्चा तेलको मूल्यमा १९ प्रतिशतको बढोत्तरी भएको बीबीसीले जनाएको छ । यसका साथ एक व्यारेल कच्चा तेलको मूल्य बढेर ७१. ९५ डलर कायम भएको छ ।

अमेरिकाले आफ्नो आपतकालिन भण्डारबाट कच्चा तेल निकालेको छ, यसले बजारलाई केही राहत मिल्ने छ ।तर साउदीको तेल प्रशोधन केन्द्रलाई पहिलाको जस्तै तेल उत्पादन गर्न केही हप्ता लाग्न सक्ने जनाइएको छ ।

साउदी अरबको सरकारी तेल कम्पनी अरामका अनुसार हमलाको कारण तेल उत्पादन घटेर प्रतिदिन ५.७ लाख व्यारल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ