तनहुँको म्याग्दे सेराटार खुकुरी प्रकरण: जामुनेका घाइते श्रेष्ठको निधन

तनहुँको म्याग्दे सेराटार खुकुरी प्रकरण: जामुनेका घाइते श्रेष्ठको निधन

shrestha

तनहुँको म्याग्दे गाउँपालिका ६ सेराटारमा खुकुरी प्रहारबाट घाइते ३३ वर्षीय बालकुमार श्रेष्ठको निधन भएको छ । स्थानीय सुनील पराजुलीले गत शुक्रबार टाउकोमा खुकुरी प्रहार गरेपछि म्याग्दे २ जामुनेका श्रेष्ठ घाइते भएका थिए ।श्रेष्ठको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा ४ दिनपछि निधन भएको हो ।

खुकुरी प्रहार गरी रगताम्य अवस्थामा छाडेर पराजुली फरार भएका छन् । फरार पराजुलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । घटनामा सहयोगी अन्य ५ जना पक्राउ परेका छन् ।

तनहुँमा समूह समूहबीच यस्ता झैझगडा, आक्रमण गतिविधि रोकिएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ