पृथ्वीचोकमा बसको ठक्करबाट घाईतेको तीन दिनसम्म परिचय खुलेन, फिस्टेलको आइसियूमा

पृथ्वीचोकमा बसको ठक्करबाट घाईतेको तीन दिनसम्म परिचय खुलेन, फिस्टेलको आइसियूमा

achet awastha

पोखरा  । तीन दिन बित्यो, अझैसम्म परिचय खुल्न सकेको छैन । फिस्टेल हस्पिटलको आइसियूमै उपचाररत छन् उनी । पोखराको चाईनापुलमा बसको ठक्करबाट घाईते यी व्यक्तिको अझै पनि परिचय खुलेको छैन ।

शनिबार साँझ साढे बजेको समयमा अम्मरसिंहचोबाट पृथ्वीचोक तर्फ आउँदै गरेको पोखरा माइक्रोको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोक्किन पुग्दा उनी घाईते भएको समितिको भनाई छ । उनी अहिलेसम्म अचेत छन् र हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ ।

उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यका अनुसार उनको टाउकोमा गहिरो चोट लागेका कारण हेड ईन्जुरी भएको छ । उनको आजै साँझ शलयकृया गर्ने समेत तयारी भएको डा.कर्मचार्यले जनाए । हालसम्म उनी अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउँदा बसधनी तथा समितिलाई असहज भएको बसधनी फडिन्द्र बरालको भनाई छ ।

यी व्यक्तिलाई चिन्ने जान्नेले नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवी कुईंकेलको मोबाईल नम्बर ९८५६०२६०५० तथा बसधनी बराललाई ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ । उक्त बस र चालक कास्की प्रहरीको नियन्त्रणमा रहेको छ ।

तस्विरः दिननाथ बराल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ