पाेखराकाे भाटभटेनीमा धराप पार्किङ, स्कुटर दुर्घटना हुँदा बिन्दुकाे खुट्टा दुई टुक्रा

पाेखराकाे भाटभटेनीमा धराप पार्किङ, स्कुटर दुर्घटना हुँदा बिन्दुकाे खुट्टा दुई टुक्रा

cover

पाेखरा । पाेखराकाे न्यूराेड स्थित भाटभटेनी परिसरमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाईते भएकी छन् ।

ग्राउण्ड फ्लाेरकाे पार्किङ स्थलमा जाने क्रममा अाेरालाेमा पुग्ने ठाउँमा एक्कासी स्कुटर चिप्लिँदा पाेखरा सिम्पानीकी बिन्दु तामाङकाे दाहिने खुट्टा भाँच्चिएकाे हाे । उनकाे नली खुट्टा छालाले मात्र छुट्टिन बाँकी हुने गरी भाँच्चिएकाे छ । हड्डी नै पुरै भाँचिदा खुट्टा नै दुइ टुक्रा भएको छ ।

ग१०प ३९४३ नम्बरकाे स्कुटरमा सवार उनी पानी परेका बेला अत्यन्त चिप्लाे हुने साे ठाउँमा अाफूलाई नियन्त्रण गर्न नसक्दा एक्कासी लडेकी हुन् । उनलाई तत्काल मेट्राे सिटी हस्पिटल लगिएकाे छ ।

शनिबार अत्यन्त भिड, पानी पर्दा चिप्लाे भएकाले पनि साे ठाउँमा सवारी चलाउँदा डरमर्दाे छ । बाहिर पर्याप्त स्थान छैन भने दुई तला मुनि रहेकाे ग्राउण्ड फ्लाेर जान पनि अत्यन्त चिप्लाे छ । फस्टफ्लोरबाट तल खेल्ने ठाउँ र त्यो भन्दा पनि तल पार्किङस्थल भएकाले सो बिल्डिङमा दुई तल्ला तल पार्किङ गर्न पुग्नुपर्छ । अत्यन्त भिरालो सो बाटोमा यताबाट उता गाडी आउजाउ भएको देखिँदैन ।

घटनास्थलमा रहेका भाटभटेनीका ग्राहकले साे स्थानमा चालकहरूलाई कठिनाई रहेकाे बताए । भाटभटेनी सञ्चालकले यसतर्फ ध्यान दिएर चिप्लाे बाटाेलाई यथाशीघ्र बनाउन उनीहरूले माग गरेका छन् । घाईते परिवारले भाटभटेनी व्यवस्थापनले नि:शुल्क उपचार गरिदिनुपर्ने माग गरेकाे छ ।

तीन साता अघि मात्रै पार्किङमा रहेकाे कारमा आगो लाग्दा ठूलो दुर्घटना टरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ