पोखरातर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना

पोखरातर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना

Palpa bus

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट पोखरा हुँदै बाग्लुङ्ग आउँदै गरेको लु१ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका–८ मा दुघर्टनामा परेको हो। घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा भैरहवाबाट आउदै गरेको बस तीव्र गतिमा भएकाले घुम्तीमा स्टेरिङ्ग मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ